Subscribe Us

क्यानडाको भिषा १५ लाखमा बेच्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले भिजिट भिषामा क्यानडा पठाउछु भन्दै  ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ । भिजिट भिषामा क्यानाडा पठाउने भन्दै १८ जनासँग लाखै रुपैंया असुल्ने   प्रवल एजुकेसन कन्सल्टेन्सीका सञ्चालक डेन्जीन लामालाई पक्राउ गरेको हो । 

काभ्रे जिल्ला घर भएका ३४ वर्षीय लामाले भिजिट भिषामा क्यानाडा पठाउने भन्दै रामेछाप घर हुने राजु श्रेष्ठ र देवेन्द्र सुनुवार दोलखा घर हुने विवेकराज कार्की,भक्तपुर घर हुने रमेश कुमार के।सीलाई लाखैं रुपैंया ठगी गरेका थिए । पीडितहरुले महाशाखामा उजुरी दिएपछि महाशाखाको टोलीलेले लामालाई गत शुक्रवार पक्राउ गरेको हो । 

उनीहरुबाट लामाले कन्सल्टेन्सीको आबरणमा भिजिट भिषाको लागि १५ लाखका दरले लाग्ने भनि प्रोसेसको लागि थप ५० हजार का दरले पैसा असुलेका थिए ।  उनीहरुबाट थप रकम लिनको लागि विश्वास दिलाउन नक्कली भिषा समेत दिएको महाशाखाले जनाएको छ । महाशाखाबाट खटिएको विशेष टोलीले बसुन्धरास्थित लामाले सञ्चालन गरेको कन्सल्टेन्सीको खानतलासी गर्दा ५ लाख सम्मका स्लीप काटी रकम उठाउने गरेको पाइएको बताएको छ । त्यस्तै उक्त कन्सल्टेन्सी शिक्षा मन्त्रालयको शैक्षिक परामर्श केन्द्रमा दर्ता समेत नभई संचालन भएको महाशाखाले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लामाले विभिन्न एजेन्ट मार्फत क्यानाडा जान चाहने व्यक्तिहरुलाई सम्पर्कमा ल्याउने एजेन्ट मार्फत १५ लाख उठाउने र एक जना क्यानेडियन नागरिकलाई दिल्लीमा राखेर उनीमार्फत भिजिट भिषा लगाई ठूलो मात्रामा रकम असुली गर्ने गरेको खुलासा भएको छ ।अनुसन्धानबाट हालसम्म १४ जनालाई ठगी गरेको पाइएको छ । लामालाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।

Post a Comment

0 Comments