Subscribe Us

सरकार परिवर्तन एमाओवादीकै प्रस्ताव थियो : कांग्रेस

काठमाडौं । सभापति देउवाले पार्टीका असन्तुष्ट नेताहरूसँगको भेटमा सरकार परिवर्तनको प्रस्ताव एमाओवादीले नै ल्याएको बताएका छन् ।

‘सरकारले भूकम्पपीडितका लागि प्रभावकारी काम गरेन, संविधान कार्यान्वयनमा पनि तदारुकता देखाएन भन्दै अब सरकार फेर्ने र प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर वर्षमान पुन (एमाओवादी सचिव) आउनुभयो । हामी मिलेर अघि जाऔँ भन्नुभयो,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘उहाँले त्यसो भनेपछि हुन्छ भने टुंगोमा पुगौँ भन्ने भयो ।
sher-bahadur-deubaउहाँहरूले नै पहिले प्रचण्ड र दोस्रो राउन्डमा कांग्रेसलाई प्रधानमन्त्री दिने भनेपछि कुरा अघि बढेको हो ।’ तर, एमालेसँगको छलफलपछि प्रचण्डले सँगै अघि बढ्न नसकिने बताएको पनि देउवाले जानकारी दिएका थिए ।
भेटमा सहभागी नेताले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘प्रचण्डले साथीहरूले मानेनन्, नियम–कानुनले पनि अप्ठ्यारो हुने भयो । हामीबीच भएको विषय अघि बढेन भन्नुभयो ।’ 

Post a Comment

0 Comments