Subscribe Us

मजदुरको रगतमा स्वास्थ्य व्यावसायीको रजगज,
वैदेशिक रोजगार व्यावसायी महासंघ अध्यक्ष ढकाल पनि कमिशनका भागीदार

काठमाडौं । रोजगारीका लागि मलेसिया जाने कामदारको रगतमा मस्ती गरिरहको स्वास्थ्य व्यवसायी महासंका अधिकारीहरुले आगामी दिनमा कामदार ठग्ने झनै सहज हुने भएको छ । 

महासंघका अधिकारीहरुले अब प्रति कामदार १० डलर लिने भएको समाचार जनप्रहार साप्ताहिकले छापेको छ ।  

महासंघका पदाधीरिहरु अध्यक्ष कैलाश खड्का, उपाध्यक्ष विजया कोइराला, महासचिव जीवनकुमार केसी र कोषाध्यक्ष मुकुन्द भट्टराईले कामदारको रगत बेचेर मस्ती गरिरहेका थिए ।  महासंघका यी अधिकारीहरुले बायोमेट्रिकको नाममा ३९ वटा संस्थालाई प्रयोगमा ल्याएर झण्डै १२ करोड रुपैयाँमा मस्ती गर्दै आएका थिए । 

महासंघमा बसेर कार्टेलिङ गरेर पैसा कमाउन माहीर उनीहरुलाई बायोमेट्रिकले आम्दानीको स्रोत बढाएको छ । मलेसियाको वेष्टिनेट एसडीएन बीएचडि कम्पनीसँग आवद्ध रहेका ३९ वटा संस्थाहरुले गर्दै आएको बायोमेडिकल स्वास्थ्य परिक्षणमा मे १ देखि रोक्का गरेको छ । 

महासंघका यी नै पदाधीकारीले कामदारलाई ठग्नका लागि मलेसियन कम्पनीसँगको मिलेमतोमा प्रतिकामदार ३० डलर बढाउने खेल खेलीरहेका छन् । महासंघ सम्बद्ध स्रोतका अनुसार प्रति कामदार १० डलर आम्दानी हुने भएको छ । १३ दिनसम्म मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण रोकेर मे १३ देखि पुनः सुचारु भएको छ । 

तर संयोग नै भन्नु पर्छ नेपालबाट व्यवसायीहरुले भने यो रकम पठाएका छैनन् । पैसा नै नपठाई खोल्नुलाई महासंघका यी नै अधिकारीहरुको चलखेल रहेको महासंघ स्रोतको भनाई छ ।  यस अघि मलेसिया जाने कामदारले स्वास्थ्य परिक्षणवापत तिर्दै आएको २६ सय ५० लिँदै आएको थियो विना जानकार ४५ सय पु¥याएका थियो । अब प्रतिकामदार ३० डलर थप्दा सात हजार पाँच सय पुग्ने भएको छ । 

विभिन्न बाहनामा कामदारलाई ठग्ने काममा प्रोत्हासन गर्दै आएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाललाई पनि राम्रो आम्दानी हुने भएको छ । कामदारको रगत परिक्षणको नाममा रगत निकालेर डव्वामा फाल्ने र कामदारको पैसामा मस्ती गर्ने अनी कामदार मलेसियाबाट फर्केपछि दिनु पर्ने ४० हजार क्षतिपुर्ती नदिने संस्थालाई ठग्न प्रोत्साहन दिने अध्यक्ष ढकाललाई माईग्राम्स नामक संस्थाबाट आम्दानी हुने भएको हो ।

प्रतिकामदार ३० डलर थप्ने निर्णयलाई मौन समर्थन गरेका कारण मनग्य आम्दानी हुने भएको हो । महासंघले व्यवसायीको हक हितमा काम नगरि भएको पैसामा समेत मस्ती गरि रहेको, कामदारलाई दिनु पर्ने क्षतीपूर्ती नदिएको र व्यवसायीलाई दिनु पर्ने रिफण्डको पैसा फिर्ता नगरेका कारण महासंघमा रहेको २८४ मध्य लगभग दुई सय जनाले महासंघमा संयुक्त राजीनामा दिने तयारी गरेका छन् । हाल महासंघमा कामदारलाई दिनु पर्ने क्षतिपूर्तीका लगभग दुई हजार फाईल रोकिएका छन् । 

जसको आठ करोड रुपैयाँ रोकिएको छ । त्यो रकम पनि महासंघका चार जना पदाधीकारीहरुले नै भोगचलन गरि रहेको स्रोतले बताएको छ । यस्तै उनीहरुले व्यवसायीलाई फिर्ता गर्नु पर्ने करोडौं रुपैयाँ समेत रोक्का गरिएको छ । 

महासंघले कामदार र व्यवसायीसँग उठाएको पैसा हाल कुमारी र सिद्धार्थ बैंकमा रहेको लगभग डेढ लाख मात्र रहेको बताईएको छ । महासंघको विरुद्धमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, वैदेशिक रोजगार मेडिकल एसोसिएसनले विरोध समेत जनाएका छन् । उनीहरुले तत्काल क्षतिपुर्ती समेत माग गरेका छन् ।

Post a Comment

0 Comments