Subscribe Us

जेठ १४ मा दुई महानायकको ‘एक्सन’

काठमाडौं, ३ जेठ । एक्सन किंङको रुपमा एकछत्र राज गर्दै आएका नायक शिव श्रेष्ठ र अन्य नायकहरुले गर्न नसकेको खतरनाक स्टन्ट आफ्नो चलचित्रहरुमा दिँदै आएका पछिल्ला एक्सन नायक प्रमोद दिप अब एउटै चलचित्रमा ‘एक्सन’ देखाँउन आँउदैछन । 

यी दुईको भिडन्तमा कुन ‘एक्सन’ नायकले बाजी मार्ने हो त्यो थाहा पाउन भने जेठ १४ सम्म कुर्नु पर्ने भएको छ । 
चिरायु फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘एक्सन’ जेठ १४ बाट एक साथ देशभर प्रदर्शनमा आउने भएको छ । शिव श्रेष्ठ अभिनीत चलचित्र एक्शनमा देशको परिवर्तनको लागि युवा तथा नागरिकहरुको सकारात्मक भूमिकाका साथ राष्ट्र निर्माणमा लाग्न सन्देश दिने निर्देशक राजु अर्यालले बताए । 

अर्यालकै कथा तथा निर्देशनमा बनेको चलचित्र ’एक्सन’मा शिव श्रेष्ठका अलवा प्रमोद दिप, जेनिशा केसी मुख्य भूमिका देखिएका छन् । चलचित्रमा नायक श्रेष्ठ र दिपको दमदार एक्शन हेर्न पाईने भएको छ ।  

देशमा भईरहेको विकृती, विसंगती, अन्याय, अत्याचार, भ्रष्टाचारको निर्मुल गर्न युवाहरुको भूमिकालाई चलचित्रमा देखाउन खोजेको निर्देशक अर्यालले बताए । फिल्ममा कसम गुरुङ, दिनेश घिमिरे, राज थपलिया, बिशाल पहाडी, महेश गिरी, रक्षा गुँरागाई, अभिरुची बुढाथोकी, विक्रान्त तिवारी र प्रकाश लुईटेलको पनि अभिनय रहेको छ ।

Post a Comment

0 Comments