Subscribe Us

शसस्त्रका भगौडा हतियार कारोबारमा,
१० बर्ष जेल जिवन पश्चात पुनः अपराधमा

काठमाडौं । सशस्त्र प्रहरीका भगौंडा सिपाहीले राजधानीमा हतियारको कारोबार गर्ने गरेको रहस्य खुलासा भएको छ । भगौंडा सिपाही नारायण श्रेष्ठले आपराधिक गिरोह परिचान गरी हतियारको कारोबार गर्ने गरेको प्रमाण प्रहरीले फेला पारेको हो ।

 कतव्य ज्यान र डाँका मुद्दामा लामो सयम जेल बसी रिहाभएका कैदीलाई प्रयोग गर्दै श्रेष्ठले राजधानीमा साईलेन्सर जडित हतियार र लागूऔंषधको सप्लाई गर्ने गरेको प्रमाण महानगरीय अपराध महाशाखा टेकुले पत्ता लगाएको हो । 

राजधानीमा हतियार सप्लाई गर्ने एक गिरोहलाई महाशाखाकोे टोलीले पक्राउ गरपछि श्रेष्ठको धन्दाको पर्दाफास भएको हो । संगठित रुपमै हतियारको कारोबार गर्दै आएको गिरोहलाई महाशाखा सालेन्सर जठित पेस्तोलसहित मंगलवार नियन्त्रमा लिएको छ । 

महाशाखाले उनिहरुको साथबाट लागूऔंषधसमेत फेला पारेको जनाएको छ । मोरङ  शनिश्चरे  घर भई बालकुमारी बस्ने सशस्त्रका भगौडा सिपाही ३१ बर्षीय श्रेष्ठ,  मकवानपूर घर भई सर्लाही लालबन्दी बस्ने ४५ बर्षीय रामचन्द्र थापा र ललितपूर मनिखेल घर भई सानोठिमी बस्ने ३९ बर्ष दिपक सापकोटालाई महाशाखाकोे बिषेश टोलीले मंगलवार उक्त हतियार र लागूऔषधसहित पक्राउ गरेको हो ।

गिरोह मध्यका थापाको साथबाट मेडइन यूएसए लेखेको साईलेन्सर जडित हतियार बरामत भएको प्रहरीले जनाएको छ । उक्त हतियारमा लोेड भएको अबस्थामा २ राउण्ड गोलीसमेत प्रहरीले फेला पारेको छ । थापालाई पक्राउ गरेपछि अनुसन्धानकोे क्रममा गिरोहका अन्य सदस्य सापकोटा र श्रेष्ठको धन्दाको पदौफास भएको हो । महाशाखाको टोलीले ललितपूर महालक्ष्मीस्थान खाजा घरबाट नियन्त्रमा लिएको जनाएको छ ।

 श्रेष्ठ र सापकोटाको साथबाट मनोप्रदिक लागूऔंषध तिन सय ट्याबलेटसमेत बरामत भएको महाशाखाले जनाएको छ । गिरोहका सदस्यहरु आपराधिक पृष्ठ भूमिबाट जुज्रिएको अनुसन्धानबाट खुलासा भएको छ । पक्राउ परेका सापकोटा कतव्य ज्यान मूद्दामा दश बर्ष कैद भुक्तान गरी रिहा भएका हत्यारा हुन । ०६२ देखी ०७२ सम्म सापकोटा जेलमा थिए । 

जेलबाट रिहा भएसँगै पुनः आपराधिक धन्दामा सापकोटा लागेको फेला परेको हो । उता ०६७ सालमा डाँका मुद्दामा ६ बर्ष कैद भएका थापापनि ०७२ मै छुटेका हुन । ३ बर्ष अगाडी नै रामेछाप जेलमा भेटिएका उनिहरुले जेल रिहा भएपछि हतियारको कारोबार गर्ने योजना बुनेका थिए ।

 ति दुई अभियुक्त एकै दिन थुना मुक्त भएका हुन । भने भगौंडा सिपाही श्रेष्ठले उनिहरुको चितवनमा परिचय भएको थियो । यो गिरोहले यस अघिपनि हतियार बिक्री गरेको हुनसक्ने अनुमान अनुसन्धानमा खटिएका प्रहरीको छ । यस बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । अनुसन्धानबाट खुलासा भएको अन्य तथ्यहरु यस पक्रार छन्ः
 अं। ९र१० अगाडी निज दिपक सापकोटा र रामचन्द्र थापा बिच फोनमा कुराकानी भई सातदोबाटोमा भेटे पश्चात दिपक सापकोटाले रामचन्द्र थापा लाई हतियारको ब्यवस्था गर्न लगाएको ।

ड्ड    यसै क्रममा रामचन्द्र थापाले साईनोले साँडु भाई पर्ने नारायण श्रेष्ठ लाई चितवनमा भेटी हतियार ब्यवस्था गर्न लगाएको र निज नारायण श्रेष्ठ हतियार लिएर आउछु भनी मोरङ गएकोमा मिति २०७३।०१।१६ गते हतियार लिई चितवनमा आएको ।

ड्ड    निज नारायण श्रेष्ठ २०६१ मा शसस्त्र प्रहरी जवानको भगौडा रहि चितवन जिल्लामा सार्बजनिक अपराधमा समेत सजाय पाएको भन्ने बुझिन आएको ।

ड्ड    मिति २०७३।०१।२० गते निज रामचन्द्र थापा र नारायण श्रेष्ठ चितवनमा भेटी रातको समय पारेर काठमाण्डौ आएको ।

ड्ड    मिति २०७३।०१।२१ गते निज रामचन्द्र थापा , नारायण श्रेष्ठ र दिपक सापकोटा सातदोबाटोमा भेटी हात हतियार बेच्ने योजना बनाई निज रामचन्द्र थापा हतियार बोकी सानेपा बाट छाउनी तर्फ गईरहेको  अबस्थामा निजलाई हतियार सहित पक्राउ गरी अनुसन्धान गर्दा अन्य २ जनालाई लागुऔषध सहित सातदोबाटोबाट पक्राउ गरिएको ।

Post a Comment

0 Comments