Subscribe Us

संघ बेचेर मालामाल ढकाल,
महासचिव गुरुङलाई फकाएर किर्ते माइन्युट बनाई बैरो संघ फोरमलाई बेचियो

काठमाडौं । गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैं वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले नयाँ चर्तिकला देखाएका छन् । कहिले फ्रि भिषा फ्रि टिकट त कहिले स्वास्थ्य व्यवसायी महासंघसँग मिलेर रोजगारीका लागि विदेश जाने नेपाली कामदारको पैसामा रजगज गर्दै आएका अध्यक्ष ढकालले अहिले बीच बाटोमा नै विष्ट्याउन थालेपछि देख्नेहरुले नै लाज मान्न थालेका छन् । 

संघलाई आम्दानीको स्रोत वनाएका ढकाल पैसा भनेपछि हुरुक्कै हुने प्रवृतिका पात्र हुन् । उनले यस अघि कामदारलाई महासंघसँग मिलेर ठगे अहिले त संघलाई नै लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका केही अधिकारीहरुलाई बिक्री गरे ।  उनले संघका प्रथम उपाध्यक्ष कुमुद खनाल सहित केही फोरमका पदाधीकारीलाई विक्री गरेका हुन् । 

उनको यो काममा संघका महासचिव रोहन गुरुङले साथ दिएका छन् । प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका उपाध्यक्ष समेत रहेका गुरुङले अध्यक्ष विमल ढकालसँग मिलेर संघ फोरमलाई विक्री गरेका हुन् । स्रोतका अनुसार साधारण सभाबाट पारित गर्नु पर्ने संघको विधान कार्यसमितिका अधिकारीहरुलाई समेत थाहा नदिई संशोधन गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराएका छन् । 

उनीहरुले संघको विधान संशोधन गरेर आगामी दिनमा संघको अध्यक्ष हुन पदाधीकारी भन्दा बाहेक कोही पनि वनन नपाउने कार्यसमितिको सहमति गरेको बताईएको छ । यो सहमति भने संघका निवर्तमान अध्यक्ष हंशराज वाग्लेको समयमा भएको थियो । तत्कालीन महासचिव कमल तामाङ र उपाध्यक्ष ज्ञानप्रसाद गैरेलाई हातमा लिएर पुरानो कार्यसमितिको माईनुटमा किर्ते निर्णय गराइएको छ । उनले अघिल्लो कार्यकालमा छलफल गरेर साधारण सभाले पारित गरेको भन्ने पारेर संघमा नयाँ व्यक्ति आउनबाट रोकेका छन् । 

संशोधित विधानमा संघमा आउने नेतृत्व कार्यसमिति भन्दा बाहिरको मान्छे हुन नपाउने व्यवस्था छ । संशोधित विधानले आगामी कार्यकालमा संघको अध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष कुमुद खनाल हुने निश्चित भएको छ । ढकाल र खनालले महासचिव गुरुङलाई राम्रै प्रलोभनमा राखेर किर्ते विधान संशोधन गराएका हुन् । फोरम पृष्ठभुमीबाट संघको राजनीतिमा प्रवेश गरेका गुरुङ फोरमबाट नसकेर मञ्च प्रवेश गरेका हुन् । 

गुरुङ मञ्चका केही टाउकेदेखि नेकपा (एमाले) वैदेशिक रोजगार विभाग प्रमुख प्रकाश ज्वाला समेतलाई भेटी बुझाएर महासचिव वनेका हुन् । उनैले संगठनको विधानलाई लात मार्दै संघ फोरमलाई विक्री गर्न सघाएका छन् । ै अब संघमा आउने नयाँ नेतृत्वमा कुनै पनि नयाँ अनुहार नआउने भएको छ । कार्यसमितिमा रहेका पदाधीकारी आँउदा संघ कमाईखाने भाँडो सिवाय केही नहुने भएको छ । 

केही व्यवसायीहरु भने संघको सो निर्णयकाविरुद्धमा जिल्ला प्रशासन कार्यालय (जिप्रका)जाने तयारीमा रहेको बुझीएको छ । व्यवसायीहरु जिप्रका गएको खण्डमा संघ विक्री हुनबाट जोगिने छ ।

Post a Comment

0 Comments