Subscribe Us

एकताका लागि वैद्य एक्ल्याउँदै माओवादी

 काठमाडौ । विभाजित माओवादी धाराका पार्टीहरूबीच एकताको बहस सुरु भएका वेला मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी भने विभाजनको संघारमा पुगेको छ ।
अध्यक्ष वैद्य र वरिष्ठ नेता रामबहादुर थापा बादल पक्षबीच एमाओवादीसँग तत्काल एकता गर्ने विषयमा देखिएको विवादले पार्टी विभाजनको अवस्थामा पुगेको छ । केन्द्रीय समिति बैठक २८ चैतबाट स्थगित छ । वैद्यले बैठक बोलाउनै चाहेका छैनन् । बादल पक्षले भने तत्काल केन्द्रीय समिति बोलाएर एकताको निर्णय लिनुपर्ने दबाब दिएको छ ।
Comrade-Mohan-Baidya-aka-Kiran-700-1-650x433
वैद्यको योजनामा बादल पक्षको विरोध
केन्द्रीय समितिको स्थगित बैठक होइन, संगठन विभाग वा पार्टी सचिवालयमध्ये एकको बैठक बोलाउने योजनामा वैद्य छन् । यी दुवै कमिटीमा उनी बहुमतमा छन् । १५ सदस्यीय संगठन विभागमा सिपी गजुरेल, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, परी थापा, सीताराम तामाङ, रामसिंह श्रीष र प्रेम पौडेल वैद्यको पक्षमा छन् । वैद्यले संगठन विभागबाटै विवादित विषय टुंग्याउन चाहेका छन् ।
संगठन विभागको बैठक बोलाउन नसके केन्द्रीय सचिवालय बैठक बोलाएर विवादका विषयमा आफूअनुकूलको निर्णय गराउने पक्षमा वैद्य छन् । ३५ सदस्यीय सचिवालयमा परी थापाको नेतृत्वमा पार्टी एकतामा आएका नौ नेतासहित २० सदस्य वैद्यको पक्षमा छन् । तर, केन्द्रीय समिति बैठक स्थगित भएका बेला बोलाइने अन्य बैठकको निर्णय वैधानिक नहुने भन्दै बादल पक्षले वैद्यको प्रस्ताव अस्वीकार गरेको छ ।
‘केन्द्रीय समिति बैठक स्थगित भएका वेला सचिवालय बैठक बसेर निर्णय गर्ने कुरा वैधानिक हुँदैन र त्यस्तो अधिकार सचिवालयलाई छँदा पनि छैन,’ केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भने, ‘संगठन विभाग तथा सचिवालयको बैठक बोलाउन खोज्नु भनेको केन्द्रीय समितिलाई छल्न खोज्नु हो ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments