Subscribe Us

पूर्वराजा ज्ञानेन्द्र भन्छन्ः ‘सबै नेपालीलाई माथि उठाउन मियो बन्न चाहन्छु’

काठमाडों । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई संविधानको भन्दा पनि राष्ट्रको विकट अवस्थाको चिन्ता रहको जनाएका छन् ।

Gyanendra1

पूर्व राजाले देश जर्जर अवस्थामा पुगेको र जनता धर्मराएको  आफ्ना विभिन्न जिल्ला भ्रमणको क्रममा जनस्तरमा सुनेको र अनुभव गरेको जनाएका छन् ।

प्रजातन्त्रको आडमा सबै बर्ग, समुदाय र सिंगो राष्ट्रलाई समेटेर अघि बढ्नुपर्छ । तर यी सबै राष्ट्रिय आदर्श आज किन भताभुंग हुँदैछन् ?’ उनी भन्छन्’राष्ट्र बचाउन, राष्ट्रियताको सम्बर्धन गर्न र सबै दुःखदर्द हटाउन दूरदर्शी दृष्टि चाहिन्छ । सही, स्वस्च्छ र समन्वयकारी नेतृत्व चाहिन्छ । सबैको सर्वमान्य दरो मियो चाहिन्छ । ‘

पूर्व राजा ज्ञानेन्द्र शाहले गणतन्त्रपछि राजनीतिक दलहरुले जनताको समस्या समाधान गर्न नसकेकोले जनतामा वितृष्णा पैदा भएको भन्दै घुमाउरो पारामा राजतन्त्र जनताको मियो बन्ने बताए ।

उनले आफूले जनहितका लागि भन्दै राज्यसत्ता छाडेपनि बितेका १०/११ वर्षमा आएका सरकारले राष्ट्रको गहनतम जिम्मेवारी बहन गर्न नसकेको जनाएका छन् ।

Post a Comment

0 Comments