Subscribe Us

समय नपुगी आईजी फ्याक्ने नयाँ खेल

 सत्ता गठबन्धनको प्रमुख घटक एमाओवादी अध्यक्ष प्रचण्डले एआइजी शाहलाई दिएको वचनका आधारमा अर्यालको कार्यअवधि अघि नै फ्याँक्न प्रधानमन्त्री 
ओलीलाई दबाब
 
जनप्रहार संवाददाता
 
काठमाडौं । मन्त्रीपरिषद्ले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) उपेन्द्रकान्त अर्याल र राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख दिलीप रेग्मी हटाउने तयारी गरेको छ । सरकार टिकाउने एमाओबादीसँग गरिएको सहमती अनुसार आइजीपी अर्याल र अनुसन्धान बिभागका प्रमुख रेग्मी हटाउन प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री शक्ति बस्नेतबीच गोप्य सहमती भएको स्रोतको दाबी छ । 

नेपाल प्रहरीको आईजी हटाउने चर्चा चलेसँगै अन्य एआईजी भने आईजीपीको लागी दौडधुप सुरु गरेका छन् भने आईजीपी कुर्सी टिकाउन प्रधानमन्त्री ओली निकट युवा संघका उपाध्यक्ष गोबिन्द थापालाई गुहार्न थालेको स्रोतको दाबी छ । थापा प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिन्छन् । अर्याल आईजीपी नियुक्त भएकै दिन समय कुर्नु पर्छ दिन आउँछ भनेर सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसस लेख्ने पहिलो नम्बरका एआईजी राजेन्द्रसिंह भण्डारी र सुरेन्द्रबहादुर शाह मध्य एकलाई आईजी बनाउने प्रधानमन्त्री ओली सक्रिय रहेको बालुवाटार स्रोत बताउँछ ।

एमाले र एमाओबादीको गठबन्धन सरकार बनेदेखी आईजी अर्याल तनाब झेल्दै आइरहेका छन् । कुनै पनि हालतमा एआईजी सुरेन्द्रलाई आईजी बनाउने बचन दिएका प्रचण्डले आईजी अर्याल फाल्नका लागि प्रधानमन्त्री ओलीलाई दबाब दिँदै आइरहेको स्रोतले जनायो । 

ठेकदार दिपक भट्टको आडमा महानगरीय प्रहरी आयुक्त कार्यालयमा कार्यरत एआईजी प्रतापसिंह थापा पनि आइजीपीको दौडमा रहेका छन् । भट्ट ओलीका विश्वास पात्र रहेका एमाले उपाध्यक्ष बामदेव गौतम निकट मानिन्छन् । गौतम गृहमन्त्री भएका बेला रमेशचन्द ठकुरीलाई आइजी बनाउनका लागि १ नम्बरका रविन्द्रप्रताप शाहलाई हटाउन भट्ट सक्रिय थिए । गौतमको सम्बन्ध ओली र प्रचण्डसँग पनि बलियो छ । 

आईजी अर्याललाई हटाउने रणनीति बमोजिम संसदको सार्वजनिक लेखा समितिले पटक–पटक पत्र काट्नु नियोजित रहेको स्रोतको दाबी छ । लेखाले तीन वर्षमा भएको खरिद सम्बन्धि सम्पूर्ण निर्णयको प्रतिलिपी, दररेट र तुलानात्मक विवरण मागेको छ । तर, यसमा अर्यालको कुनै संलग्नता नभएको हुँदा उनलाई दोषी देखाउन कठिन हुने देखिन्छ । मन्त्री परिषदले कुनै कारण बिना अर्याललाई हटाएर अरु कसैलाई आइजी बनाएको खण्डमा चौतर्फी बिरोध हुने हुँदा आइजी हटाउने खेल त्यती सहज भने ै छैन । 

आईजीपी अर्यालले सबैभन्दा चुनौती ठानेका एआईजी सुरेन्द्रबहादुर शाह र लेखा समितिका सभापति जनार्दन शर्मा ‘प्रभाकर’ मिल्ने साथी हुन् । आईजीपीको दौड हुँदा शाहलाई आईजीपी बनाउन एमाओवादीभित्र लबिङ गर्ने प्रमुख व्यक्ति जनार्दन नै थिए । लेखा समितिमा पर्दा पछाडिका खेलाडी एआईजी राजेन्द्रसिंह भण्डारी पनि रहेको हुँदा अर्याल लेखा समितिमात्र नभई एआईजीहरुकै घेराबन्दीमा पर्दै आएका छन् । आइजी अर्यालको कार्यकाल अझै नौ महिना बाँकी छ । कार्यकाल पूरा गर्न नदिई उनलाई हटाएर आईजी हुने दाउमा एआईजी भण्डारी, शाह, शर्मा, थापा लगायत लागेको समाचार जनप्रहार साप्ताहिकले उल्लेख गरेको छ । 

Post a Comment

0 Comments