Subscribe Us

कांग्रेस मुख्यसचिवको राजीनामा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले पदबाट राजीनामा दिएका छन् । तिवारीले आइतबारदेखि लागू हुने गरी शनिबार राजीनामा दिएका हुन् ।
rishikesh_Tiwari_nepali_Congress
तत्कालिन सभापति सुशील कोइरालाले मुख्यसचिवमा नियुक्त गरेका तिवारी सभापतिमा शेरबहादुर देउवा विजयी भएपछि राजीनामा गर्ने तयारीमा थिए । कांग्रेस स्रोतका अनुसार सभापति देउवाले मुख्यसचिवमा नेपाल शिक्षक संघमा लामो समय क्रियाशील रही कांग्रेस राजनीतिमा लागेका स्याङ्जाका कृष्ण पौडेललाई नियुक्ती गर्ने तयारी गरेका छन् ।

Post a Comment

0 Comments