Subscribe Us

वैदेशिक रोजगारीले टुक्रिँदै परिवार

काठमाडौं । श्रीमान विदेशमा रहेका बेला ससुराको बात लागेपछि खोटाङ महादेवस्थानकी सानु परियार (नाम परिवर्तन)ले वर्ष दिनअघि आत्महत्या गरिन् ।
BIDESH_20091010
पैसा कमाउन मलेसिया गएको श्रीमान १० वर्षसम्म सम्पर्कबिहिन बनेको तनाव र समाजका बात सहन नक्सदा परियारले घरकै शौचालयमा बिष सेवन गरेर आत्महत्या गरेकी थिईन ।

उनको मृत्युपछि ३ जना बालबच्चाको बिचल्ली भएको आजको नागरिक दैनिकमा समाचार छ । श्रीमान कतारमा रहेकै समय नेर्पाकी एक महिलाले विष सेवन गरिन । स्थानीयका अनुसार श्रीमानसँग उनको बेलाबेलामा फोनमा नै झगडा हुने गर्दथ्यो । सदरमुकाबाट घर र्फकने क्रममा उनले बाटोमा बिष सेवन गरेकी थिइन् ।

श्रीमान विदेशमा रहेको बेला बात लगाउने र कुरा काट्नेको हद नाघेपछि च्यास्मीटारकी राई थरकी एक महिलाले हाम फालेर जीवनलिला समाप्त गरिन् ।

परिवार सम्हाल्ने जिम्मा लिएर बसेका महिला आफन्तकै आक्षेप, बात, शंका, हेला र तिरस्कारको समामना गर्न नसक्दा दर्जनौं महिलाले अकालमा ज्यान गुमाइरहेका छन् ।

Post a Comment

0 Comments