Subscribe Us

दुई करोड सहित हुण्डीको कारोबार गर्ने मनि ट्रान्सफरका संचालक सहित १५ पक्राउ

काठमाडौँ, ३० वैशाख । उपत्यकाभित्र गैरकानूनी तवरले ठूलो हुण्डीको कारोबार गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारोबारीहरुले युके, अष्ट्रेलिया,चाईना, भारत, दुवई र थाईल्याण्ड लगायतका विभिन्न देशहरुमा हुण्डीको कारोवार गर्ने ५ जना संचालक सहित १५ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार महानगरपालिका भित्रका ६ स्थानहरुमा छापा मारी नगद १ करोड ७३ लाख ३९ हजार ६ सय ५० तथा भारतीय १ लाख रुपैयाँ र कागजातहरु सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा निकीदिभा टे«र्डसका संचालक काठमाडौँ महानगरपालिका–३२ कमलपोखरीका ४५ बर्षीय सुरेन्द्र गोयल सोही टे«र्डसका क्यारियरहरु भारत राजस्थान चुरु घर भई बसन्तपुरका २९ बर्षीय सत्य प्रकाश शर्मा, भारत राजस्थान विकानेर घर भई कुलेश्वरका २९ बर्षीय आकाश बेद, प्रभु मनि ट्रान्सफरका संचालक स्याङजा पिडिखोला–१ घर भई न्युरोडका ४० बर्षीय डिल बहादुर कुँवर, एन्जल्स प्रालिका संचालक भारत राजस्थान चुरु घर भई न्युरोडका ४० बर्षीय शंकर लाल चनानी (अग्रवाल) रहेका छन् ।

 यस्तै सोही प्रा।लि।का क्यारियरहरु नुवाकोट खानीगाउँ–४ घर भई बनस्थलीका २० बर्षीय निरञ्जन ढकाल, बर्दीया मगडागढी–९ घर भई टोखाका ३७ बर्षीय डिल्ली बस्नेत, तनहुँ व्यास –९ घर भई बनस्थलीका २२ बर्षीय अर्जुन कंडेल, गोरखा बोर्लाङ–५ घर भई टोखाका २१ बर्षीय राजकुमार श्रेष्ठ, दोलखा काभ्रे–५ घर भई बौद्ध नयाँबस्तीका २० बर्षीय फुर्वा शेर्पा रहेका छन् ।

यसैगरी पूर्ण लक्ष्मी ईन्टरप्राईजेजका संचालक भारत राजस्थान जयपुर घर भई न्यूरोडका ४४ बर्षीय अरुण सावरथिया (अग्रवाल), ओखलढुंगा पोकली–४ घर भई सितापाईलाका ५२ बर्षीय उदयकुमार शर्मा, न्यू मारुती ईन्टरनेशनलका क्यारियर नुवाकोट महाकाली–२ घर भई चावहिलका ४२ बर्षीय कृष्ण प्रसाद खतिवडा, न्यू मारुती ईन्टरनेशनलका क्यारियर गोरखा ताकुकोट–४ घर भई स्वयम्भूका २४ बर्षीय समिर श्रेष्ठ, हम्स मनी ट्रान्सफरका क्यारियर रसुवा सरमथली–७ घर भई बालाजुका ३१ बर्षीय नविन भट्ट रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

Post a Comment

0 Comments