Subscribe Us

मधेसी दलहरुले सिंहदरबार घेर्ने

काठमाडौं । मधेसी दलले संघीय गठबन्धनको नेतृत्वमा २ र ३ जेठमा सिंहदरबार घेराउ कार्यक्रम तय गरेका छन् । १ जेठमा काठमाडौंको शान्तिवाटिकाबाट दिउँसो ३ बजे जनप्रदर्शन गर्ने र २ जेठदेखि सिंहदरबार घेराउ गर्ने गठबन्धनको कार्यक्रम छ ।

संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले माइतीघर मन्डलामा शान्तिपूर्ण र भद्र रूपमा धर्नामा सहभागी हुने कार्यक्रम तय भएको बताए । संयुक्त मधेसी मोर्चाको नेतृत्वमा १० महिनासम्मको मधेस आन्दोलन निष्कर्षमा नपुगेपछि मधेसी दल काठमाडौंकेन्द्रित भएका हुन् ।
Simhadurbar
आन्दोलन सशक्त बनाउने तयारी दश महिनादेखि जारी मधेस आन्दोलन अनिश्चितकालीन हुने संकेत देखिएको छ । मधेसी दलले संयुक्त मोर्चा विस्तार गरी संघीय गठबन्धन बनाएर आन्दोलन सशक्त बनाउने निर्णय गरेका छन् ।

गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान पुनर्लेखन नभएसम्म आन्दोलन जारी रहने भन्दै वार्ता बहसमै नरहेको बताए । ‘अहिले हामीले आन्दोलनबाहेक केही सोचेका छैनौँ,’ शुक्रबार संघीय समाजवादी फोरम कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘वार्ता हुने र आन्दोलन टुंगिने कुरामा बहस नै नगरौँ ।’

मोर्चाले केही दिनअघि सरकारले बोलाएको वार्तामा तत्काल नबस्ने निर्णय गरेको थियो । तमलोपाका उपाध्यक्ष वृजेशचन्द्र लालले ०७३ साल आन्दोलनमै बित्ने सम्भावना रहेको बताए । 

मोर्चाका एक नेताका अनुसार मधेसमा तत्काल आन्दोलन उठ्ने अवस्था नरहेको र मोर्चाभित्रको विवादका कारण पनि सरकारसँग सहमति जुट्ने सम्भावना कम छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments