Subscribe Us

खनाल शिखर व्यक्तित्व सम्मानबाट सम्मानित

काठमाडौं । समाज परिवर्तन र अपराध रोकथामका लागि उल्लेखिनिय भूमिका निभाएको भन्दै एसएसपी सर्बेन्द्र खनाल सम्मानित भएका छन् । महानगरीय अपराध महाशाखामा कार्यरत एसएसपी खनाल शिखर व्यक्तित्व सम्मानबाट सम्मानित भएका हुन । 

सामाजिक संस्था शिखर नेपालले आईतवार काठमाडौंमा आयोजना गरेको एक् कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनले खनाललाई सो पुरस्कारबाट सम्मान गरेका हुन् । 

कार्यक्रममा समाज परिवर्तन र अपराध रोकथामका लागि खनालले खेलेको भूमिकाको  प्रशंसा गरिएको थियो।  महानगरीय अपराध महाशाखाको प्रमुख भएर आएपछि खनालले गुन्डानाइके कुमार घैंटलाई इन्काउन्टर गरेका थिए भने, ठगी गर्ने पेट्रोल पम्प र नक्कली ईन्जिनयरहरु  पक्राउ गरेका थिए।

 खनालले म्यानपावर, कन्सल्ट्यान्सी र फुटबलको फिक्सिङ प्रकरण रमेत उजागर गरेका थिए । पुरानो बडिखेल हत्याकाण्डका अभियुक्त र युनिटी काण्डका नाइकेलाई पनि उनले पक्राउ गरेका थिए।

त्यस्तै कार्यक्रममा शिखर सम्मानबाट एसपी मीरा चौधरी सम्मानित भएकी छिन् । उनी हाल मकवानपुरको प्रहरी प्रमुख हुन्। कार्यक्रममा पूर्व मन्त्री लालबाबु पण्डित र मन्त्री प्रेमबहादुर सिंहलाई पनि सम्मान गरिएको थियो।

Post a Comment

0 Comments