Subscribe Us

८२ लाख ५० हजार लुटने लुटेराको समूह पक्राउ

काठमाडौँ, २६ बैशाख । नेपाल प्रहरीले ८२ लाख ५० हजार रुपैयाँ लुटेर भाग्ने ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले नागर्जुन नगरपालिका–२ पहेलो गुम्बास्थित सार्बजनिक स्थानमा धनुषा जनकपुर उमहानगरपालिका–८ घर भई हाल काठमाडौँ महानगरपालिका–२३ बस्ने ३३ बर्षीय बलराम शाहलाई लुटनेलाई प्रहरीले पक्राउ गरेको ।

७ बैशाखमा आफुसंग सुन भएको र सुन बजारभाउ भन्दा सस्तो दिन्छु ठगेर फरार रहेका थिए । पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका–१६ बस्ने रुपन्देही वुटवल उपमहानगरपालिका–२० घर भएका २८ बर्षीय लक्ष्मण न्यौपाने , थानकोट बस्ने नुवाकोट समुन्द्रदेवी–४ घर भएका २२ बर्षीय बिनोद गौतम, नागार्जुन नगरपालिका–४ बस्ने धादिङ छत्रेदेउराली– २ घर भएका ३५ बर्षीय कमल गिरी,गोरखा पालुङटार– ६ घर भएका १७ बर्षीय सुजन बसेल,ललितपुर उपमहानगरपालिका–२२ बस्ने २२ बर्षीय सबिन शाक्य,१९ बर्षीया डायना शाक्य र धादिङ सल्यानटार– ८ बस्ने २१ बर्षीय रुपेश श्रेष्ठ रहेका छन् ।

प्रहरीले उनीहरु मध्ये गिरीलाई काठमाडौँ डेरा कोठाबाट र अन्यलाई बुटवलबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट प्रहरीले लुटेको रकमबाट खरिद गरेको तीनवटा मोटरसाइकल, सुनका गहनाहरु तथा सविन शाक्य र कमल गिरीको डेराबाट ८ लाख रुपैयाँ समेत बरामद गरेको छ ।

Post a Comment

0 Comments