Subscribe Us

तिन अर्बको ठेक्कामा ९ करोेड खाने को को ?

काठमाडौं । ठेक्का पट्टाका एक माफियाले अबौंको ठेक्का हत्याउन अनौठो नाटक रचेको समाचार पाप्त भएको छ । सिँचाई बिभाग ललितपूरले आह्वान गरेको रानी जमरा सिँचाई आयोजनाको ठेक्कामा यस्तो नाटक रचिएको हो । 

नेपालका पार्य निमार्ण कम्पनीको हैशियतले टेण्डर बिट गर्न नभ्याउने गरी बिदेशी कम्पनीलाई ठेक्का दिलाउन माफियाको समुह लागिपरेको हो ।  

बिदेश कम्पनीलाई ठेक्का दिलाई माफियाको समुहले करोडौं रुपैंया कमिशन खाने योजना बनेका हुन । नेपालका पार्य निर्माण व्यसायीले काम नै गर्न नसक्ने गरी बिभागले टेण्डर आह्वान गरेको यो पहिलो पटक भएको स्रोत बताउँछ ।  यो भन्दा अगाडी साँढे दुई अर्ब बराबरको काम गरीसकेको कम्पनीले मात्र उक्त ठेक्का बिट गर्न पाँउने बिबादित नियम बिभागले जारी गरेपछि नेपाल निर्माण व्यावसायी महासंघले अख्तियारमा उजुरी दर्ता गर्ने तयारी गरेको स्रोत बताउँछ ।

 एक दुई वटा फर्मलाई लक्षित गरी बिभागका प्रोजेक्ट मेनेजर रमेश बस्नेतको योजनामा यस्तो नियम लागू गरेको स्रोतको दाबी छ । बस्नेतको समुहल मन्त्रालय देखी बिभागका निर्देशकसम्मलाई आर्थीक प्रलोभनमा पारी आफू निकट कुमार श्रेष्ठ भन्ने फर्मलाई ठेक्का दिलाउँन लागेको स्रोतको दाबी छ । उक्त ठेक्का कुमार श्रेष्ठलाई दिलाई बस्नेतको समुहले तिन प्रतिशत कमिशन पाउँने सहमती भएकोे छ ।

 योजना सफल भए बस्नेतको समुहले ९ करोड कमिशन कुम्ल्याउने छन् । नेपाल सरकारका अन्य निकायले निर्माण सम्बन्धी ठूला आयोजनाहरु टेण्डर आह्वान गर्नु परेमा चार र पाँच प्याकेज गरी टेण्डर आह्वान गर्दै आएको छ । तर रानी जमरा सिँचाई आयोजनामा माफियाले करोडैं रुपैंया कमिशन कुम्ल्याउन एकै प्याकेज टेण्डर आह्वान गरी बिदेशी कम्पनीलाई दिलाउँने रणनीति खेलेका हुन ।

Post a Comment

0 Comments