Subscribe Us

आईजी अर्यालको कुर्सि धरापमा,
आफू फालिने भएपछि आफू निकटलाई आईजीपी बनाउन लभिङ

काठमाडौं । सरकार टिकाउने एमाओबादीसँग गरिएको सहमती अनुसार नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याल र अनुसन्धान बिभागका प्रमुख दिलीप रेग्मी हटाउन रणनीति तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री शक्ति बस्नेतबीच गोप्य सहमती भएपछि आईजीपी फेर्ने रणनीति तय भएको हो । 

आईजीपी फेर्ने हल्लासँगै कुर्सि टिकाउनको लागी आईजी अर्याल शक्तिकेन्द्र धाउन र आफू निकटसँग सरसल्लाहामा दिन र रात खर्चिन थालेका छन् । प्रधानमन्त्री ओली मिलाउँने जिम्मा आईजीपी निकट मानिने एआइजी रमेशशेखरले पाएको स्रोत बताउछ । सो मुताबिक गत शनिवार बेलुका ८ः ३० मा एआईजी बज्रचार्य प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका थिए ।

 प्रधानमन्त्रीका निकट मानिने राजेश बज्रचार्यलेले एआईजीलाई समय मिलाईदिएको बालुवाटार स्रोत बताउँछ । तर एआईजी बज्रचार्यको कुरा प्रधानमन्त्रीले खासै चासो नदिएपछि आईजीपी अर्याल तनाबमा रहेको सचिवालय स्रोतको दाबी छ । उद्योेगपति उपे्रन्द महतोले एमाओबादी अध्यक्ष प्रचण्ड मिलाउने जिम्मा लिएपनि असफल हुन थालेको चर्चा प्रहरी संगठन भित्रै चुलिएको छ । 

आफ्नो कुर्सी टिकाउने शस्त्र सबै तिरबाट बिफल भएपछि आफू निकटलाई आईजीपी बनाउने नयाँ खेलमा आईजी अर्याल लागेको स्रोत बताउँछ । आफूलाई कुनै पनि हालतमा सरकारले आईजीपीमा नराख्ने भएपछि आईजी अर्यालले आफू निकट डिआईजीलाई एक नम्बरमा एआईजी बढुवा गर्ने लभिङमा लागेको चर्चा समेत चल्न थालेको छ । सो मुताबिक गत आईतवार बेलुका डीआईजी अर्याल स्वम्भू डल्लुस्थित डीआईजी अर्यालको घरमा भलाकुसारी गर्ने पुगेको खबरले प्रहरी संगठन हल्लाएकोे छ । 

डीआईजीको घरमा ७ः ३० मा पुगेका आईजीपी अर्यालको ९ बजे फिर्ती सवारी भएको जानकारहरु बताउँछन् । सोमवार बिहान पुनः डीआईजी अर्याल भेट्न महानगरीय ट्राफिक महाशाखा पुगेका आईजीपी अर्याल डीआईजीसंग बे्रक फास्ट लिएपछि लन्च गर्न राष्ट्रिय अनुसन्धान बिभाग पुगेका थिए । महाशाखाबाट ब्रेक फास्ट लिएपछि गृहमन्त्रालय पुगी गृहमन्त्रीसंगको भलाकुसारी पश्चात सिंहदरबार गेटमा रहेको राष्ट्रिय अनुसन्धान बिभागमा आईजी पसेका थिए । 

बिभाग प्रमुख रेग्मीसंग लन्च लिएर आईजी छट पटाउँदै हेटक्याटर प्रबेश गरेको स्रोत बताउँछ । ज्याकेट खरिदमा हिनामिना गरेको र तीन वर्षमा भएको खरिद सम्बन्धि सम्पूर्ण निर्णयको प्रतिलिपी, दररेट र तुलानात्मक विवरण माग गर्दै संसदको सार्वजनिक लेखा समितिले पटक–पटक आईजीपीसंग लिखित जवाफ माग्दै आएको छ । 
आईजीपी कुर्सी टिकाउन प्रधानमन्त्री ओली निकट युवा संघका उपाध्यक्ष गोबिन्द थापालाईसमेत गुहार्न थालेको स्रोतको दाबी छ । थापा प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिन्छन् । एमाले र एमाओबादीको गठबन्धन सरकार बनेदेखी आईजी अर्याल तनाब झेल्दै आइरहेका छन् । कुनै पनि हालतमा एआईजी सुरेन्द्रलाई आईजी बनाउने बचन दिएका प्रचण्डले आईजी अर्याल फाल्नका लागि प्रधानमन्त्री ओलीलाई दबाब दिँदै आइरहेको स्रोतले जनायो । 

ठेकदार दिपक भट्टको आडमा महानगरीय प्रहरी आयुक्त कार्यालयमा कार्यरत एआईजी प्रतापसिंह थापा पनि आइजीपीको दौडमा रहेका छन् । भट्ट ओलीका विश्वास पात्र रहेका एमाले उपाध्यक्ष बामदेव गौतम निकट मानिन्छन् । गौतम गृहमन्त्री भएका बेला रमेशचन्द ठकुरीलाई आइजी बनाउनका लागि १ नम्बरका रविन्द्रप्रताप शाहलाई हटाउन भट्ट सक्रिय थिए । गौतमको सम्बन्ध ओली र प्रचण्डसँग पनि बलियो छ ।

Post a Comment

0 Comments