Subscribe Us

स्थानीय निकायको निर्वाचन चाँडो हुनुपर्छः नेत्री कोइराला

काठमाडौँ, ३१ वैशाख । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले  स्थानीय निकायको निर्वाचन चाँडो हुनुपर्ने बताउनुभएको छ । 

गत वर्ष वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा निधन भएका मानिसको सम्झनामा आज सिन्धुपाल्चोकको किउलमा भएको कार्यक्रममा बोल्दै नेत्री कोइरालाले मुलुकलाई विकासको बाटोमा अगाडि लैजानका लागि स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउनुभएको हो । 

उहाँले गिरीजाप्रसाद कोइरालाले विस्तृत शान्ति सम्झौतामार्फत गराएको संविधान सभाको निर्वाचन र सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयन गरी मुलुकलाई आर्थिक विकासको बाटोमा लैजानुपर्ने बताउनुभयो । 

 उहाँले भन्नुभयो, “भूकम्पले मुलुकमा ठूलो धनजनको क्षति भयो यसलाई पुननिर्माण गर्नका लागि संविधानलाई कार्यान्वयन गर्नुपर्छ यसका लागि राजनीतिक दल एक हुनु जरुरी छ ।

Post a Comment

0 Comments