Subscribe Us

यसरी मिलाइयो माओवादी केन्द्रमा केन्द्रीय सदस्यको भागबण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रले जम्बो महाधिवेशन आयोजक समितिमा एक सय सदस्य खाली राख्ने भएको छ । ६ सय ९९ सदस्यीय समितिमा तत्कालका लागि ५ सय ९९ सदस्यको नाम मात्र घोषणा गरेर जाने निर्णय भएको छ ।
मा
पार्टी एकता गरेका घटकलाई सांगठनिक संरचनाका आधारमा यसअघि नै सदस्यसंख्या बाँडफाँड गरिएको छ । एमाओवादी र नेकपा क्रान्तिकारी माओवादीको रामबहादुर थापा बादल समूहले मात्र नाम टुंग्याउन बाँकी छ । दुवैका केन्द्रीय सदस्यबाहेक केही नाम थप्न बाँकी रहेकाले बिहीबारको पार्टी एकता घोषणासभामा आयोजक समितिको नाम सार्वजनिक गरिएको थिएन ।

एमाओवादी र क्रान्तिकारी माओवादीका बादल पक्षले आफ्नो भागमा परेका सदस्यको टुंगो लगाउन शनिबार दिनभर आन्तरिक छलफल गरेका थिए । दुवै पक्षले आयोजक समितिमा रहने नेताहरूको नाम लगभग टुंगो लगाएका छन् ।

एमाओवादीका तर्फबाट महाधिवेशन आयोजक समितिमा पूर्वकेन्द्रीय सदस्यहरू स्वत: रहने गरी मापदण्ड बनाइएको छ । त्यस्ता सदस्य करिब ८० जना थिए । समितिमा बादल पक्षले १९९ सदस्य पाएकोमा १२५ जना एकता प्रक्रियामा सहभागी भएका थिए । बादल पक्षले बाँकी ७४ सदस्यको नाम शनिबार टुंगो लगाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments