Subscribe Us

प्रचण्डको आडमा अधिकारीको मनपरि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको आडमा एक ठेकदारले ललितपुरमा देखाएको हर्कतले ललितपुरमा सीमा नाघेको छ । शैलुङ कन्ट्रक्शन नामबाट ठेक्का पट्टा गर्दै आएका नुवाकोटका ठेकेदार शारदा अधिकारीको हर्कतले यतिखेर सीमा नाघेको हो ।

sharada and prachanda

अधिकारीको हर्कतका कारण नख्खुका बासिन्दा घरबास छाड्ने तयारीमा छन् । नुवाकोटका अधिकारी हाल जिल्ला प्रशासन कार्यालय ललितपुरको गेटसँगै अलिसान महलमा बस्दै आएका छन् ।

महलमा बस्ने अधिकारीले प्रचण्डको आडमा ललितपुर उपमहानगरपालिका भित्रै आस्पाल प्लान्ट नै सञ्चालन गरेपछि स्थानीय बासिन्दा न्यायको खोजिमा छन् । न्यायकोे लागि विभिन्न निकायमा गुनासो गरेपनि सुनुवाई नभएको स्थानीयको गुनासो छ । जसका कारण हजारौं सर्वसाधारणकोे बाँच्ने अधिकार नै हनन् भएको जिकिर स्थानीयको छ ।

बस्तीको बीचैमा अधिकारीले नख्खुमा आस्पाल प्लान्ट स्थापना गरेका हुन् । आस्पालबाट निस्केको धुलो धुवाँ र प्रदुषणको कारण बालबच्चा देखि बुढाबुढीसम्म पिडामा परेका छन् । यस बिषयमा काँही कतै बोलेको खण्डमा टोले गुण्डालाई समेत हप्तावारी दिएर अधिकारीले स्थानीय सर्वसाधारणलाई धम्क्याउने गरेको गुनासो स्थानीयको छ ।

दुई साता अघि भएको सार्वजनिक सुनुवाईको कार्यक्रममा समेत अधिकारीको प्लान्टकोे बिषयलाई लिएर विवाद उठेको थियो । नियम विपरित अधिकारीले प्रशासनलाई दबाबमा राखेर उक्त प्लान्ट सञ्चालन गरेका हुन् ।

अधिकारीको गैर कानूनी तरीकाबाट स्थानपना गरेका आस्पाल प्लान्ट विरुद्ध स्थानीय आक्रोशित हुँदै बन्दको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपनि प्रशासन यस बिषयमा मौन बसेको छ ।

स्रोतका अनुसार कुनै पनि समयमा उक्त प्लान्ट स्थानीय र प्रशासनले बन्द गर्न सक्ने हुँदा अधिकारीले प्रचण्डको सेटिङमा प्रधानमन्त्री कार्यालयबाट सो प्लान्ट बन्द नगराउने भन्दै चोरीबाटो बाट ल्याएको पत्र जिल्ला प्रशासन कार्यालमा थमाएका छन् ।

स्थानीय सुमन महर्जन, प्रेम महर्जन, निरज महर्जन, रामचन्द्र महर्जन, श्याम मानन्धर लगायतका गुण्डाको प्रयोग गरेर अधिकारीले आस्पाल प्लान्टबिरुद्ध उत्रिने स्थानीयलाई थर्काउँदै आएका छन् ।

यस्ता गुण्डालाई अधिकारीले मासिक दश हजार रुपैंयाका दरले तलब दिने गरेका छन् । सुमार्गीसँग हिसाब किताबमा कुरा नमिल्दा बिच्चकेका प्रचण्डले पछिल्लो समय अधिकारीलाई आड भरोसा दिने गरेका छन् । ०७२ वैशाखमा गएको महाभूम्कपमा प्रचण्ड अधिकारीको महलमा एक महिना बसेका थिए ।

विवादास्पद व्यापारी अजय सुमार्गी प्रयोग गर्दै आएका प्रचण्डले पछिल्लो समय ठेकदार अधिकारीलाई प्रयोग गरेपछि माओवादीका नेताहरुबीचै बहस चलेको छ । सुमार्गीसँग हिसाब किताबमा मनमुटाब भएपछि प्रचण्डले ठेकदार अधिकारीलाई प्रयोग गर्न थालेको चर्चा समेत पेरिसडाँडामा हुन थालेको छ ।

निमार्ण व्यवसायीमा समेत अधिकारी पछिल्लो समय विवादमा पर्न थालेका छन् । टेण्डर बिडमा अत्याधिक बिलोमा गएर अधिकारी ठेक्का लिन तम्सिएपछि उनको नियतमाथी प्रश्न उठाइएको छ । गर्नै नसक्ने काम समेत अधिकारीले टेण्डर आह्वान गरेको रेटमा ४० प्रतिशतसम्म बिलोमा गएका चर्चा निमार्ण व्यवसायी संघमा चलेको छ ।

अधिकारीले सात दोबाटो देखि सुनाकोटीको ४४ करोडको बाटोको ठेक्का ४० प्रतिशत बिलोमा दर्ता गरेका थिए । जुन ठेक्का अन्य ठेकदारले १५ देखि २२ प्रतिशत बिलोमा बिड गराएका थिए ।

अत्यधिक टेण्डर बिड गरी अधिकारीले व्यापारमा घाटा खाएपनि प्रचण्डको पाउबाटै खेल खेलेको आरोप अन्य ठेकदारले लगाएका छन् । 

Post a Comment

0 Comments