Subscribe Us

घैंटेको फर्मबाट गौचनको चलखेल,
मन्त्रीका लगौंटियाले लिए एक करोड गुण्डा भत्ता

काठमाडौं । सडक डिभिजन प्रोजेक्ट संखुवासभा खाँदबारीले आह्वान गरेको करिब एक अर्बको टेण्डर निर्माण महासंघका अध्यक्ष शरद गौचनको मिलोमतोमा कब्जा गरिएको छ । प्रोजेक्टले ५० करोड र ४५ करोड रुपैंया बराबरको सडक बनाउने दुई वटा प्याकेजमा टेण्डर आह्वान गरेको थियो । 

टेण्डर दश प्रतिशत कमिशन लिएर संघका अध्यक्ष गौचनले आफू निकट मानिने गजुरमूखी निमार्ण सेवालाई दिलाएका छन् । गजुरमुखी निमार्ण सेवा प्रहरी ईन्काउन्टरमा मारिएका राजधानीका गुण्डा नाईके घैंटे भनिने कुमार श्रेष्ठको समेत लगानी थियो । सो कम्पनीलाई लिएर घैंटे ईन्काउन्टर पश्चात ठूलै हंगामा मच्चिएको थियो । 
 
घैंटको सेयर नेपाली काग्रेसका नेता जगदिशनरसिंह केसीले मागेपछि हंगामा मच्चिएको थियो । गजुरमुखीमा नेता केसीको श्रीमतीको नाममा समेत सेयर छ भने घैंटे ईन्काउन्टर अगाबै कम्पनी छाड्न लागेको दिपक गैतमले अहिले उक्त कम्पनी सञ्चालन गर्दै आएका छन् । अर्का शेयर होल्डर हेटौंडाका सन्तोष गौतम अध्यक्ष गौचन निकट मानिन्छन् । घैंटे ईन्काउन्टर पश्चात सन्तोषलाई अपुताली परेको घैंटेको श्रीमती पिङ्की शेर्पाले बताउँदै आएकी छिन् । घैंटेको करोडौ अवैध धन सन्तोषको नाममा रहेको घैंटे श्रीमती पिङ्कीको दाबी छ । 

ठेकदार सन्तोेषले डन घैंटेसंग देश विदेश घुमफिर गरेपनि सम्पत्ती भने आफ्नो नाममा नभएको दाबी गर्दै आएका छन् । महासंघमा महासचिव भएदेखि नै गुण्डाको भरमा ठेक्का कब्जा गर्दै आएका अध्यक्ष गौचनले अर्का गुण्डा नाईके रमेश बाहुन भन्ने सुजन पौडेल जेल चलान भएपछि घैंटेलाई च्यापेका थिए । उनै गौचनले पूर्व क्षेत्रमा गुण्डा नाईकेको रुपमा कुख्यात खाँदबारीका रोशन रोक्कालाई प्रयोग गरेर टेण्डर आफू निकट फर्म गजुर मूखीलाई दिलाउन सफल भएका हुन् । 
 
पूर्वमा गुण्डागर्दी र टेण्डर कब्जा गर्नका लागि गौचनले गुण्डा नाईके रोक्का लाई पयोग गर्दै आएको पीडित ठेकदारले बताएका छन् । रोक्का भर्खर राप्रपा नेपालबाट स्थानीय सहायक मन्त्री बनेका रमेशबहादुर लामाका लगौंटिया हुन् । दुई दशक अगाडी काठमाडौंको मैतिदेवीलाई आधार क्षेत्र बनाएर मन्त्री लामा र रोक्काको समुहले गुण्डागर्दी र हप्ता असुली चर्काउने गरेका थिए । लामा राजनीतिमा सक्रिय हुन थालेपछि रोक्का राजधानीबाट पलायन भई पूर्वमा गुण्डागर्दीमा सक्रिय छन् । 
 
लामा स्थानीय सहायक मन्त्री बनेसंगै रोक्काले पूर्वमा आफ्नो चल्तीफिर्ती बढाएका छन् । पूर्वमा हुने अधिकांश टेण्डरमा गौचनको रणनीतिअनुसार रोक्काले टेण्डर कब्जा गर्ने र गुण्डाको भाग एक देखी तिन प्रतिशतसम्म असुल्दै आएकोे स्थानीय ठेकदारले आरोप लगाएका छन् । दुई दर्जनको हाराहारीमा फर्म बिक्री भएपनि अध्यक्ष गौचनको सेटिङमा तीन वटा मात्र फर्म दर्ता गराएर एक अर्बको टेण्डर कब्जा गरिएको होे । 

२५ देखी ३० प्रतिशतसम्म कम मुल्यमा जानसक्ने उक्त टेण्डर कब्जा गरेर राज्यलाई समेत २० करोड भन्दा बढी घाटा लागेको स्थानिय ठेकदारको बिश्लेशण छ । टेण्डर मिलाए वापत महासंघको नाममा १० दश प्रतिशत अर्थात १० करोडको हाराहारीमा कमिशन लिएका गौचनले टेण्डर हाल्न फर्म किनेका ठेकदारलाई एक, गुण्डालाई एक, प्रहरीको नाममा एक, प्रोजेक्टका कर्मचारीको नाममा एक प्रतिशत छुट्याएर ६ प्रतिशत कुम्याएका संघका एक सदस्यले बताए । संघको नाममा छुट्याएको यति ठूलो रकम गौचनले मनोमानी गर्ने गरेको समेत ति सदस्यले दाबी गरे । 

Post a Comment

0 Comments