Subscribe Us

चेलीको रुपैंयाँले चिल्लो गाडीमा

काठमाडौं । कुबेतका लागि केयरगिभरमा नेपाली महिलाका लागि बैधानिकता पाएको धेरै भएको छैन । सरकारले कुबेतका लागि पनि नेपाली महिला कामदार लैजान सक्ने बैधानिकता दिएकोे छ । बैधानिकता पाउनुअघि नै मोटो रकम लिन पल्केका म्यानपावर एजेन्टका लागि बैधानिकता बाटो पनि तगारो बन्न सकेन । बरु झन धेरै आर्जनको बाटो बनेको छ ।

 सरकारले खाडीका ६ मुलुक र मलेशियामा नेपाली कामदार ‘फ्रि भिषा’, ‘फ्रि टिकट’मा पठाउने निर्णय गरे पनि म्यानपावर कम्पनीहरुले खाडी मुलुकका लागि २ लाख सम्म लिने गरेका छन् । गरिब कामदारको रगत र पसिनामा होली खेल्न पल्केकाहरुले वैदेशिक रोजगार विभाग र म्यानपावर एजेन्सीको मिलेमतोमा कामदारलाई ठग्दै आएका छन् । सरकारी निर्णय असफल बन्दै गएपछि मानवतस्करहरुलाई कामदारठग्न राम्रो माध्यम त्यही निर्णय बनेको छ । 

वैदेशिक रोजगार विभागमा दर्ता भयको लाइसेन्स नंबर १६४÷०५६÷०५७ सन एण्ड कम्पनीले कुवेतको हाउसमेडमा प्रति महिला दुई लाख रुपैयाँ असुल्दै आएको छ । सो म्यानपावर सञ्चालक विज्ञान प्रधानको निर्देशनमा एजेन्टहरुलाई जनही दुई लाख उठाउन निर्देशन दिइएको छ । सन एण्ड कम्पनीले एकलाख ६० हजार रुपैयाँ लिने र एजेन्टको कमिसन ४० हजार राखेको कम्पनीका मेनेजिङ डाइरेक्टर सुरेस के.सी.ले एजेन्टहरुलाई निर्देशन दिएको निकटतम स्रोतको दावी छ ।

कुवेतको हस्पिटलमा नर्सको आवश्यकता भनी पुर्व श्रम स्वीकृति निकालेर नेपाली चेलीवेटीलाई जवरजस्ती वेश्यावृत्तिमा घचेट्न थालेको श्रोतले दाबी गरेको छ । एम.डी.सुरेस के.सी.ले सिधै दुई लाख उठाउन भन्छन भने सञ्चालक विज्ञान प्रधानले अफिसको लागि एक लाख दस हजार देखि एक लाख ६० हजार रुपैयाँ लाग्ने बताउँदै आएको श्रोतको दाबी छ । 

वैदेशिक रोजगार विभागको मिलेमतोमा घुस  खुवाएर पुर्व अन्तिम स्वीकृति निकाली नेपाली चेलीहरुलाई घरको काममा पठाउन लाग्दा सम्बन्धित निकाय बेखवर छन् । काठमाडौंको धुम्बराहीमा रहेको सन एण्ड कम्पनीका सञ्चालक विज्ञान प्रधानले मानव तस्करी गरेरै खर्बौ रकम कमाई सकेका छन् । प्रधानसँग अहिले मोर्डन राइसमिल, कार्पेन्ट्री टेक्निकल ट्रेडिङ सेन्टर, अब्रोड टे«निङ ईनिस्टिच्यूट र मनकामना मनी एक्सप्रेस कम्पनी रहेको जानकार स्रोतको दावी छ । 

उनीहरुले सिधै पासपोर्ट लिँदैनन्, एजेन्टमार्फत आउनेहरुको मात्रै पासपोर्ट र रकमलिने गरेको रोजगारीमा जान लागेका महिलाहरुले उल्लेख गरेका छन् । जावलाखेलमा रहेको लक्कीएच.आर र अक्सफोर्ड म्यानपावर कम्पनीले कतारमा लेबर कोटामा जाने सर्वसाधारण नेपाली सँग जनही एकलाख वा त्यो भन्दा बढी शुल्क लिने गरेको छ ।

 पैसा भएपछि सरकारी निकायलाई पनि आफ्नो पक्कडमा पारेको सो म्यानपावरले उक्त शुल्क लिएको विभिन्न निकायमा उजुरी पर्ने गरेपनि पैसा देखी शक्तिकेन्द्रहरुमा समेत पहुँच भएका कारण यस्ता मानव तस्करमा संलग्न, गरिब कामदारले खाडीमा गएर रगत र पसिना बगाएर कमाएको पैसामा होली खेल्नेहरुलाई राज्यले अझै पनि सम्मान नै गरि रहेको छ । सो म्यानवपावरबाट विदेश जान चाहने नेपालीलाई एजेन्ट मार्फत नआए पासपोर्ट र पैसा लिन अस्वीकार गर्ने गरेका छन् । एजेन्ट मार्फत आउँदा एजेन्टले भने वमोजिमकै रकम बुझाएर भएपनि वैदेशिक रोजगारीमा जान नागरिक बाध्य छन् ।

Post a Comment

0 Comments