Subscribe Us

भारततर्फ लैजाँदै गरेको एक केजी सुनसहित दुई जना पक्राउ

रुपन्देही, १२ जेठ । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ३ बाट बुधबार एपीएफ टोलीले करीब एक केजी सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको जिल्ला मोतिहारी बिहार घर बताउने २५ वर्षिय हरिओम कुमार र २६ वर्षिय सुजित कुमार छन् ।

सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक शंकर खनालको कमाण्डमा खटिएको एपीएफ टोलीले उल्लेखित परिमाणको सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा पैदल हिडिरहेका उनीहरुले कम्मरमा सेतो कपडाले बाँधी लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको अवस्थामा उल्लेखित परिमाणको तीन वटा सुनको चक्की फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।  

पक्राउ परेकाहरुलाई बरामद सुनसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । बरामद सुनको भन्सार दाखिला मूल्य ४७ लाख ६६ हजार ५ सय ८० रुपैयाँ रहेको छ ।    

Post a Comment

0 Comments