Subscribe Us

कुख्यात अपहरणकारी बब्लु दुबेको योजनामा केडिया अपरहण,
सिआईबीले गर्यो अपहरण मुक्त ,जेल मै बुने बब्लु ले अपहरणको योजना,

https://aparadhkhabar.files.wordpress.com/2013/05/babloo.jpgकाठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) र भारतीय प्रहरीको संयुक्त टोलीले  बिहीबार अपहरणमा परेका व्यापारी सुरेश केडियालाई अपहरण मुक्त गर्न सफल भएको छ । केडियालाई शनिवार बेलुका ११ बजे  बिहारको मोतिहारीबाट अपहरण मुक्त गर्न प्रहरी सफल भएको हो ।

 केडिया अपहरण पर्न साथ सिआईबीले भारतिय प्रहरीको सहयोगमा बिहारमा अप्रेशन चलाएको थियो । सिआईबीबाट एसपी मनोज न्यौपानेको कमान्डमा ईन्सपेक्टर रुगम कुँवरसहितको टोली बिहार पुगेको थियो । केडिया खोज्ने क्रममा मुख्य अपहरणकारीका भाई प्रहरीको हाता लागेपछि अप्रेशन सफल भएको हो । 

अपहरणकारीले केडियालाई हात र खुट्टा बाँधेर राखेको अबस्थामा प्रहरीले उनको उद्दार गरेको थियो । केडिया अपहरणमा बिहारका कुख्यात अपराधि बब्लु दुबेको हात  रहेको सिआईबीका निर्देशक तथा डिआईजी नबराज सिलवालले अपराधखबरसँग  बताए ।

दुबेलाई दुई बर्ष अगाडी एसएसपी सर्बेन्द्र खनालले काठमाडौंको  शितापाईलाबाट पक्राउ गरेका थिए । तत्कालिन समयमा नारायणी अच्चल कार्यालमा कार्यरत एसएसपी खनालले तिन दर्जन भन्दा बढी अपहरण, दुई दर्जन हत्या र दर्जन सख्यामा लुटपाट र डाँकाको अभियोगमा फरार रहेका दुबे नेपालबाट पक्राउ परेका थिए । जेलमा रहेर पनि दुबेलाई आफ्नो सहयोगी परिचालन गर्दै अपहरण र फिरौंती लिने गरेको यो घटनाले पुष्टि समेत गरेको छ । 

व्यापारिक कामले बाराको वरियारपुर गएका खाद्य उद्योगका सञ्चालक तथा केडिया अर्गनाइजेशनका सदस्य समेत रहेका केडिया सुरेश पसाहा पुल नजिकबाट अपहरणमा परेका थिए । उनी सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेका थिए ।  उनको अपहरणमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ भने दुईजना फरार भएका छन् ।

Post a Comment

0 Comments