Subscribe Us

केपी ओली-माधव नेपालबीच टेलिफोनमा समेत भनाभन

१५ जेठ, काठमाडौं  । ‘राजनीतिमा स्थयी शत्रु र मित्र हुँदैन । ‘ यो उक्ति ओली नेपालको लामो सम्बन्धमा शतप्रतिशत लागू भएको छ ।
Kp-oli-and-Madhav-Nepal
२०५४ सालपछि उतार चढावपूर्ण सम्बन्धमा जेलिएका यी दुई नेता नजौं महाधिवेशनमा अध्यक्षको प्रतिस्पर्धामा होमिए । ५५ मतान्तरमा ओलीले अध्यक्षमा बाजी मारे । ओलीको नेर्तत्वपछि यी दुईबीच धेरैपटक सार्वजनिक रुपमा मात्रै हाइन, वैठक र टेलिफोनमा समेत भनाभन भएको आजको नयाँ पत्रिका दैनिकमा ओली नेपाल सम्बन्धमा जनाइएको छ ।
दुवैले सयौंपटक कटु आलोचना पनि गरेका छन् । संसदीय समितिका सभापति चयन, सुकुम्वासी आयोगको अध्यक्ष चयन, २६ सभासद्को मनोनयन, मन्त्री नियुक्ति देखि पार्टी सञ्चालनका विषयमा दुईबीच चर्को मतभेद छ ।
तर, ओलीले नवौं महाधिवेशनपछि नेपाललाई वरीयतामा सम्मन दिनेदेखि पोलिटव्यूरो गठन कार्यविभाजनलगायतका आन्तरिक विषयमा मात्रै हौइन संविधान निर्माणदेखि सरकार गठनसम्मका राष्ट्रिय मुद्दामा मिलेर सकारात्मक सन्देश पनि प्रवाह गरेका छन् ।
अफ्टेरो पर्दा बेलाबखतमा दुवै नेता निवासमै पुग्छन् । यति मात्र होइन, सँगै बसेर वर्थ डे समेत मनाउँछन् । दुई नेताको सम्बन्ध घाम-पानीजस्तो छ ।

Post a Comment

0 Comments