Subscribe Us

सीमा नाघी जम्बाे बजेट

काठमाडौं । सरकारले योजना आयोग स्रोत समितिले दिएको सीमा नाघेर जम्वो बजेट ल्याउने भएको छ । चालु आर्थिक वर्षको बजेट नै खर्च गर्न नसकेका बेला सबैतिर रकम छर्ने गरी सीमाभन्दा एक अर्ब बढीको बजेट अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गर्दैछन् ।
budget
यो रकम चालू आर्थिक वर्षको बजेटभन्दा २ खर्ब रुपैयाँ बढी हो । चालू आर्थिक वर्षमा ८ खर्ब १९ अर्ब बजेट विनियोजन गरिएको थियो । स्रोत समितिले आगामी वर्षका लागि ९ खर्ब ९ अर्बको सीमा दिएको थियो ।

अत्यन्त गोप्य राखिएको बजेटको आकार सवा १० खर्ब ४० अर्व कट्ने स्रोतको भनाइ छ । नाकाबन्दी भए पनि पछिल्लो समय राजस्वमा उल्लेख्य वृद्धि भएकाले सरकार यति ठूलो आकारको बजेट ल्याउन हौसिएको हो । सरकारले यस अघिको स्रोत समितिले दिएको बजेटको सीमा भन्दा पनि करिब एक खर्ब बढि विनियोजन गर्ने भएको छ । 

Post a Comment

0 Comments