Subscribe Us

पदकको कारण प्रहरीमा बबाल,
सिफारिस मै नपरेकाले पदक हत्याएपछि आईजीपी तनाबमा

काठमाडौं । कारवाहीको लागि सिफारिसमा परेका र पदकको लागि प्रधान कार्यालको सिफारिस मै नपरेकाले पदक हत्याएपछि प्रहरी भित्र यतिखेर खैला बैला मच्चिएको छ । गणतन्त्र दिवसका दिन गृहमन्त्रालयले सार्वजनिक गरेको पदक पाउनेको सूचीमा यस्तो नाम सार्वजनिक भएपछि प्रहरी भित्र खैला बैला मच्चिएको हो । 
 
आर्थिक अनुसाशन कायम गर्न नसकेको भन्दै कारबाहीको सिफारिसमा परेकी महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी किरण बज्राचार्यलाई प्रधान कार्यालयले पुरस्कृत गर्दै पदकको लागि सिफारिस गर्दै पदक दिलाएपछि प्रहरीभित्र सक्षम प्रहरी अधिकृतको मनोवल गिरोहको प्रधान कार्यालयमा चर्चा छ । 

एसपी बज्राचार्यलाई सडक दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको शवलाई अस्पतालसम्म लैजान सवारी खर्चवापत एक महिनाको एक लाख रुपैंयाको विल पेश गरी भ्रष्टाचार गरेको ठहर गर्दै कारवाहीको लागि सिफारिस गरिएको थियो । त्यस्तै एसपी बज्राचार्यमाथि २५ किलो सुन बरामद गर्दै १८ किलो देखाएर ७ किलो सुन गायब पारेको बिषयमा समेत अनुसन्धान भईरहेको स्रोतको दाबी छ ।

उनलाई १५ दिनअघि कारवाही सिफारिस भएको थियो । तर प्रधान कार्यालयले एसपी बज्राचार्यलाई कारवाहीको साटो पदक दिलाएर पुरस्कृत गरएको छ । उता नेपाल प्रहरीको सिफारिस सूचिमा नपरेका प्रहरी अधिकारीलाई समेत राज्यले कामको मूल्याङ्कन गर्दै पदकको पाउनेको सूचीमा राखेपछि आइजी उपेन्द्रकान्त अर्याल छाँगोबाट खसेका छन् । प्रहरीको सिफारिसमा नपरेका डीआईजी नवराज सिलवाललाई गृहमन्त्रालयले कामको मूल्याङन गर्दै पदकको लागि सिफारिस गरेको थियो । 

सिफारिसमा नपरेका डीआईजी सिलवालसँगै एसएसपी सुरेशविक्रम शाह, एसपीहरु हरीबहादुर पाल, धिरजप्रताप सिंह, संदिप भण्डारी, डीएसपी अजय केसीलगायतले पदक हत्याएपछि आईजी अर्याल छाँगाबाट खसेका हुन् । कामको मूल्याङक नगरी आफू निकट र कारवाहीको लागि सिफारिसमा परेकालाई पदक दिलाउने अभियानमा लागेपछि उनी विवादमा मुछिएका छन् । 

राम्रा प्रहरी अधिकृतलाई नियतवस आईजीले पदकको लागि सिफारिस नगरेको आरोप लाग्न थालेको छ । सिफारिसमा नपरेका एसपी पालले आईजी अर्याललाई पदक ल्याएर देखाईदिने चुनैति समेत दिएको स्रोतकोे दाबी छ । चुनैति मुताविक एसपी पालले पदक लिन सफल भएका थिए । 

आइजीपी अर्यालले भने स्वीकिर्तिमय राष्ट्रदीप पदक पाएका छन् । मानवस्रोत विभागका एआइजी वीरेन्द्रबाबु श्रेष्ठले सुप्रवल जनसेवाश्री पदक पाएका छन् । प्रधान कार्यालयको सिफारिसमा नपरेका सीआइबीका प्रमुख डीआइजी सिलवालले सुप्रवल जनसेवाश्री पदक पाएपछि आईजीपी अर्याल झन तनाबमा परेको स्रोतको दाबी छ ।
डीआइजी सिलवाल अर्यालपछिका आइजीपीका दाबेदार हुन् । तर आइजीपी अर्याल उनलाई रोक्न २ नम्बरका डीआइजी प्रकाश अर्याललाई अगाडि बढाउँदै आएको प्रहरी संगठनमा चर्चा छ । प्रधानकार्यालकै सिफारिसमा डीआइजीद्वय बमबहादुर भण्डारी र हेमन्तबहादुर पालले पनि सुप्रवल जनसेवाश्री पदक पाएका छन् भने डीआईजी जयबहादुर चन्दले केही पाएनन् । 

त्यस्तै सिलवालको व्याच पछि आइजीपीका दाबेदार प्रहरी अधिकृत एसएसपी सर्वेन्द्र खनालले सुप्रवल जनसेवाश्री पदक पाएका छन्  भने एक नम्बरका एसएसपी रमेश खरेलको नाम सिफारिसमा परेपनि उनले भने केही पदक पाएका छैनन् । आईजीले सन्तुलन मिलाउन खनाल र खरेलदुवैको नाम सिफारिस गरेका थिए । 

एसपीहरुमा विश्वराज पोखरेल, शैलेश थापा क्षेत्री, घनश्याम अर्याल, डा. संजयविक्रम श्रेष्ठ, लोकेन्द्रबहादुर मल्ल, किरण बज्राचार्य, रामकृपाल साह, सन्दीप भण्डारी, भीम ढकाल, केदार ढकाल, धिरजप्रताप सिंह र हरिबहादुर पालले प्रवल जनसेवाश्री पदक पाएका छन् । यी मध्य भण्डारी, पाल र सिंहको नाम प्रहरीबाट सिफारिस भएको थिएन । उनीहरु गृहमन्त्रालयको सूचिमा अटाएका हुन् ।

 काठमाडौं परिसरमा माँखो नमारी कप्रमा पुस्कृत भएका एसपी पोखरेल आईजी निकट भएकै कारण प्रहरीबाट सिफारिस र एमाले महासचिव इश्वर पोखरेलको सिफारिसमा तक्मा पाएको चर्चा यतिखेर उनकै व्याजीहरुले गर्न थालेका छन् ।

Post a Comment

0 Comments