Subscribe Us

काभ्रेमा डन र विप्लव समुह बिच हतियार प्रदशन,
डनलाई तह लगाउँदै ८० लाखको माला विप्लव माओबादीको कब्जामा,

काभे्र । पछिल्लो समय काभे्र जिल्ला बुद्ध चित्र मालको कारण प्रख्यात हुन पुगेको छ । सोही मालाको कारण काभ्रेमा गुण्डागर्दी समेत व्यापक रुपमा फस्टाएको छ । 

राजधानीमा गुण्डामाथी प्रहरी आक्रमण भएपनी जिल्लामा भने गुण्डाहरु कै हैकम चैल्दै आएको छ । पछिल्लो समय बुद्ध चित्र मालाको कारोबारमा काभ्रेका तिमाल क्षेत्रमा गुण्डाहरुको भिडभाड बड्न थालेको छ ।

 राजधानीमा नाम चलेका गुण्डा देखी लुटेराहरु समेत अहिले काभ्रेको तिमालमा देख्न पाईन्छ । केही महिना अगाडी मात्र कारागारबाट छुटेका काभ्रेली समुहका दावा लामा अहिले प्रहरीको शैलिमा हतियार भिरेर मालाको व्यापारमा सक्रिय रहेका छन् । ३५ किलो सुन लुटेपटि राजधानी छोडेका वाला लामा, सत्य लामाको समुहपनि अहिले पेस्तोत भिरेर हिड्ने गरेका छन् । 

काभ्रेको भकुण्डेलाई सेल्टर बनाएर यो समुहले सिण्डीकेट शैलिमा मालाको कारोबार गर्दै आएको छन् । किसानलाई जबरजस्ती र मनोमानी शैलिमा पैसा थमाएर यो समुहले माला कब्जा गर्दै आएको स्रोतको दाबी छ । किसानलाई आफ्नो खेत बारीमा उत्पादन गरेको बाली अर्थात बुद्ध चित्र माला आफू खुशी बजारमा लगेर बेच्न सभंब छैन्न । गुण्डाको समुहले उनिहरुकै मोलमा खेतबारीबाटै बेच्न बाध्य बनाउँछन् ।

 किसानलाई बाध्य बनाउन यो समुुहले खुल्म खुल्ला हतियार देखाउने गर्छन । मालाको कारण काभ्रेमा बर्षीनै ग्याङ वार समेत हुँदै आएको छ । गत आईतवार भने काभ्रेको सिपाली गाबिसमा मालाको कारण गुण्डा र बिल्लब मोओबादी बिच घमासान पर्यो । हतियार सहित भित्रिएका बिल्लब माओबादीले गुण्डा नाईके दावा लामाले बैना गरेको करिब १ करोड ८० लाख बराबरको माला लुटपाट गर्न सफल भए । 

स्रोतका अनुसार दुई दर्जनको सख्यामा आएका बिल्लबका समुहले माला कुर्न बसेका लामाको समुहलाई नियन्त्रणमा लिएर करिब ८० लाख बराबरको माला लुटपाट गरी निस्केका थिए । लामाको समुहमा कोरियन लामा, कुलध्यज लामा, सत्य लामा लगाएतका एक दर्जन सहयोगी छन् । तेस्तै गत आईतवार शिशाखानीका बिरबहादुर तामाङकोे एक करोड २० लाख बराबरको माला समेत लुटपाट भएको छ । यि सबै लुटपाटमा गुण्डाको समुहको हात हुन सक्ने स्थानिय नेता बताउँछन् ।

Post a Comment

0 Comments