Subscribe Us

यस्तो छ मिटरव्याज नाईकेको अख्तियार कनेक्सन, स्वच्छ छवि मानिएकाको यस्तो कर्तुत ?

काठमाडौं । स्वच्छ छबिका नामले चिनिदै आएका नेपाल प्रहरीका उच्च तहका प्रहरी अधिकृतको पनि विवादीत व्यक्ति सँगको कनेक्सन भेटिन थालेको छ । प्रहरीमा इमान्दार र स्वच्छ छविका पहिचान बनाएका डिआईजी हेमन्तमल्ल ठकुरीको मिटर व्याजका नाईके वीरेन्द्रलाल श्रेष्ठसँग जोडिन थालेको छ । 

दर्जनौ व्यक्तिलाई व्याजमा पैसा लगाएर घर न घाटको बनाउने काभ्रे कानपुरका श्रेष्ठसँग डिआईजी मल्लले बिगत ढेड बर्षदेखि आर्थिक कारोबार गर्दै आएको स्रोतको दाबी छ । सिआईबी प्रमुख रहदा पूर्व आईजी कुबेरसिंह राणाले डिआईजी मल्लसँग श्रेष्ठको घनिष्टता बढाइदिएका थिए । 


सिआईबीले कुनैपनि बेला आफू माथि आक्रमण गर्ने सक्ने भएपछि राणा मार्फत श्रेष्ठले मल्लसँग मिलाएको सेटिङ अहिले आर्थिक कारोबारमा परिणत भएको हो । स्रोतका अनुसार डिआईजी मल्ल र पूर्वआईजी राणाको ५० लाख पैसा मासिक ५ हजार व्याज दिने सर्तमा श्रेष्ठले चलाउँदै आएका छन् । 

वैशाखको पहिलो साता पूर्वआईजी राणाले श्रेष्ठलाई ५० लाख रुपैंया सकेधारस्थित श्रेष्ठको अफिसमै पु¥याएका थिए । सोही ठाउँमा सहकारीका नामबाट श्रेष्ठले मिटर व्याजको धन्दा चलाउँदै आएका छन् । राजधानीमा महेश सिंहपछि दोस्रो नम्बरका मिटर व्याजका नाईकेका रुपमा चिनने विवादिद श्रेष्ठसँग  मल्लको यो कनेक्सनले प्रहरीका उच्च तहका हाकिम नै चकित खाएका छन् । त्यसो त अर्का सिंघम छवि बनाएका एसएसपी रमेश खरेलको समेत २० लाखको मासिक ५ हजार व्याज तिर्ने गरी पैसा चलाएको हल्ला फिजाउँदै हिड्ने श्रेष्ठलाई खरेलले काठमाडौं परिसर हुँदा कारवाहीको दायरमा नल्याएपछि एसएसपी खरेलको पैसा समेत चलाएको पुष्टि भएको छ । मासिक ५ हजार व्याजमा लिएको पैसा दैनिक लाखको तिस हजारसम्म लगाउने र पैसा डुब्ने अवस्थामा पुगे पुनः सोही प्रहरीको दुरुप्रयोग गदै श्रेष्ठले पैसा असुल्दै आएका छन् । हाल अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा कार्यरत डिआईजी मल्लको आदेशमा महानगरीय प्रहरीले श्रेष्ठको अबैध पैसा समेत उठाउन थालेको परिसर स्रोत बताउँछ । 

दुई साता अगाडी महानगरीय प्रहरी परिसरका एसएसपी बिक्रमसिंह थापा बिदामा बसेको मौकामा ठेकदार ईनामसिंह लामासँग १५ लाखको ५५ लाख पैसा असुल्न श्रेष्ठले अख्तियारका डिआईजी मल्लबाट फोन लगाएको स्रोत बताउँछ । उक्त पैसा असुल्न परिसरका डिएसपीद्वय सिद्धिबिक्रम सिंह र नरेन्द्र रेग्मीलाई मल्लेले दबाद दिएको स्रोतको दाबी छ । 

त्यसो त धनुषा प्रहरीले खुलासा गरेको न्यायधिस रणबहादुर बम हत्याकाण्ड समेत डिआईजी मल्ल सिआईबीमा हुँदा पत्ता लगाए झै फाईदा लिई प्रहरी संगठन र आम जनमासलाई भ्रममा राखे । त्यस ताका चोरीको सामान्य घटना अनुसन्धान गर्दा सर्वाेच्च अदालतका न्यायाधीश बमको हत्यारा पत्ता लागेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत नायब निरीक्षक (सई) गगन शाहीले चोरीको घटना अनुसन्धानका क्रममा न्यायाधीश बमको हत्यारासम्म पुगेका थिए । धनुषा प्रहरीले चोरीको अभियोगमा धनुषाकै हनुमाननगरबाट पिन्टु भन्ने दीपक कर्णलाई पक्राउ गरेको थियो । 

अनुसन्धानको क्रममा अभियुक्त पिन्टुले २०÷२५ स्थानमा चोरी गरेको तथ्य खुल्यो । यति धेरै चोरीका घटनामा उनको संलग्नता देखेर प्रहरी आफंै चकित बन्यो । र उसकै अगाडी पिन्टुलाई लागूऔंषध हालेर फसाउँने धम्कि सई शाहीले दिए । आत्तिएका पिन्टुले लागूऔंषध नहाले न्यायधिश बमका हत्याराको सूचना प्रहरीलाई दिने शर्त राखेको थियो । त्यसपछि उसले हत्याका बेली बिस्तार सुरुमा त प्रहरीले पत्तोपाएको थिएन । तर पिन्टुको बयान हत्याको घटनाक्रमसँग मेल खान थालेपछि सई शाहीले थप अनुसन्धान गरेका थिए । न्यायाधीश बममाथि गोली प्रहारपछि सबैभन्दा पहिला घटनास्थल शाही नै पुगेका थिए, त्यसबेला उनी महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत थिए । 

घटनाको प्रकृति हेरेका र सर्लाहीमा प्रहरीमाथि नै गोली प्रहार गरेको घटनाबारे जानकार शाहीले बाबु थापाको नाम कर्णले लिएपछि अन्य अपराधमा समेत धनुषा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । धनुषामा त्यसताका एसपी गणेश थापा थिए । प्रहरी महानिरीक्षक अर्यालकै आदेशमा धनुषा प्रहरीले अभियुक्तलाई काठमाडौं पठाएको थियो । आईजीपी अर्याल स्वयंले घटनाको सफल अनुसन्धान भएको बताउँदै नेपाल प्रहरीको घाँटीमा अड्किएको काँडा निस्किएको बताएका थिए । तर, घटनाको अनुसन्धान गर्ने निकाय भने सिआईबी भएको थियोे । स्वच्छ छबिका डिआईजी मल्ले अन्य प्रहरी अधिकृतले गरेको कामको फाईदासमेत आफूले लिएपछि उनको नैतिकतामा समेत प्रश्न चिह्न उड्न थालेको समाचार जनप्रहार साप्ताहिकले लेखेको छ ।

Post a Comment

0 Comments