Subscribe Us

वायोमेट्रिक लगाउन एउटा पत्र पठाए बापत ढकाललाई दुई करोड

काठमाडौं । गरिब नेपाली कामदारलाई ठग्न पल्केका वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले कार्यसमितिका पदाधिकारीको आँखामा छारो हालेर नेपालमा बायोमेट्रिक लगाउन एउटा पत्र काटीदिए बापत दुई करोड रुपैयाँ बक्सिस लिएको खुलासा भएको छ । 

महासंघ निकट स्रोतका अनुसार अध्यक्ष ढकालले २०७३ साल वैशाख २६ गते नेपाली राजदुतावास क्वालालम्पुर, मलेसियालाई सत्यतथ्य बुझिदिनुहुन भन्ने व्यहाराको पत्रले उनलाई सो रकम झ्वाम पार्न सजिलो भएको हो । 

अध्यक्ष ढकालले संघका पदाधिकारीलाई कुनै पनि जानकारी नै नदिई स्वास्थ्य व्यवसायी महासंघका लाश खड्काको योजना र आर्थिक प्रलोभनमा उक्त पत्र काटेको बताइएको छ । बायोमेट्रिक लगाउने वा नलगाउने भन्ने विषयमा दुई देशबीच चर्चामा रहेको सो विषयमा धारणा लिन संघले श्रम तथा रोजगार मन्त्रालयसमक्ष जानकारी लिनु पर्ने, मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत मलेसिया सरकारसँग यसको वास्तविकता र औचित्यको बारेमा धारणा मग्नु पर्नेमा स्वविवेकी ढ्रगले क्वालालम्पुर स्थित दुतावासलाई पत्र काटेका छन् । जसले गर्दा उनलाई महासंघबाट दुई करोड पचाउन सजिलो भएको छ । 

अध्यक्ष ढकालद्वारा हस्ताक्षरित सत्य तथ्य बुझिदिनुहुन अनुरोध गरेको पत्रमा ‘नेपालबाट मलेसियामा जाने कामदारहरुको स्वास्थ्य परिक्षणगरि थप यूएसडी ३० (३१ सय ८० रुपैयाँ लाग्ने भनी मई १ देखि नेपालका स्वास्थ्य संस्थाहरुले कामदारको स्वास्थ्य परिक्षण नगरेको र उक्त यूएसडी ३० (रु.३१८०) मलेसियाको मे बैंकमा जम्मा गर्नु पर्ने भन्ने जानकारी मलेसियाको बेस्टिनेट एसडिएन बिएचडी अन्तर्गतको माईग्राम्स भन्ने कम्पनीले गराएको, भन्ने बुझन आएकोले सो सम्बन्धमा यथार्थता बुझी यस संघलाई जानकारी गराईदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

 अधयक्ष विमल ढकाल ।’ भनेर पठाईएको छ । यो पत्रले मलेसियालाई बायोमेट्रिक सम्बन्धमा धारणा पठाउन सजिलो हुने भएको छ । यो पत्रले धारणा पठाउ नेपालका लागि मलेसियन राजदुत निरन्जनमानसिंह बस्नेतलाई सजिलो हुने भएको छ । बायोमेट्रिक सहजै लगाउन सकेको खण्डमा बस्नेतलाई समेत फाइदा हुने भएको छ । नेपालमा हाल ३९ वटा स्वास्थ्य संस्थाले बायोमेट्रिक प्रणाली लागु गरेपनि यो लागु गर्ने विषयमा ठोस निर्णय हुन सकेको छैन । यो मलेसियन सरकारले लगाउने भन्ने चर्चा गरेपनि यो मलेसियाको नीजि कम्पनीले लगाउन लागेको हो ।

Post a Comment

0 Comments