Subscribe Us

राजदूत फिर्ता किन ? – पाँच दिनभित्र जवाफ पठाउन सरकारलाई निर्देशन

काठमाडौं
भारतका लागि तत्कालीन राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय भएको तीन सातापछि संसदीय समितिले सरकारसँग जवाफ मागेको छ। सरकारी जवाफका आधारमा छलफल चलाउने समितिको तयारी छ ।
Deep-Kumar-Upadhyay-600x0

व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतका लागि राजदूत उपाध्यायलाई फिर्ता गर्नुको कारण पाँच दिनभित्र पठाउन सोमबार परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले परराष्ट्रसचिव शंकरदास बैरागीका नाममा पत्र लेखेको छ। पत्र सोमबारै परराष्ट्रमा दर्ता भएको छ।

सरकारले २४ वैशाखमा राजदूत उपाध्यायलाई १५ दिनको समयसीमाभित्र स्वदेश फर्किन निर्देशन दिएको थियो। उपनियोग प्रमुख कृष्णप्रसाद ढकाललाई कार्यभार हस्तान्तरण गरेर उनी २ जेठमा स्वदेश फर्किएका थिए।

राजदूत फिर्ता प्रकरणमा सरकारको आलोचना भएपछि समितिले सरकारसँग जवाफ मागेर छलफल चलाउन लागेको हो। यसअघि समितिले राजदूत नियुक्तिका विषयमा पनि चासो राखेको थियो । मापदण्ड बनाएर राजदूत नियुक्त गर्न समितिले सरकारलाई निर्देशनसमेत दिएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments