Subscribe Us

यि हुन नेपाली शोभराज, जसले ३२ महिलाको बलात्कार पश्चात हत्या गरे

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबीले) ३२ महिलाको हत्या गरी फरार रहेका नेपाली शोभराजलाई पक्राउ गरेको छ । 

‘विकिनी किलर’ फ्रान्सेली नागरिक चाल्र्स शोभराज कै शैलिमा   महिलाहरुको बलात्कारपछि हत्या गर्दै हिँड्ने ‘नेपाली शोभराज’ लाई सिआईबीले पक्राउ गरेको छ । 

प्रेम उपनामले चिनिने नेपाली शोभराजकोे नाममा मानबहादुर बुढाथोकी रहेको सिआईबीले जनाएको छ । प्रेमले करिब ३२ महिलाको बलात्कार पछि हत्या गरेको आशंकामा सिआईबीले अनुसन्धान थालेको छ । 

विभिन्न स्थान र समयमा ६ जना महिलालाई बलात्कार र केहीलाई हत्या गरेर फरार रहेका यी नेपाली मूलका ‘शोभराजलाई झण्डै २० वर्षपछि सिआईबीले पक्राउ गरेको हो ।

उपनाम ‘प्रेम’ राखेर प्रेमकै बदनामी गराएका बूढाथोकीले ०५२र०५३ सालमा विभिन्न समयमा जबरजस्तीकरणी पश्चात महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।

 घटना नम्बर १स् धनुषा बेंगाडाबार गाविसको बडहरी बजारबाट ०५२ फागुन २४ गते जमुना गाउँ जान लाग्दा बाटोमा माइत हिँडेकी महिलाको बलात्कारपछि घाँटी थिचेर हत्या ।

घटना नम्बर २ः सोही साल चैत २३ गते धनुषाको ढल्केबरदेखि उत्तर दमार जंगलमा बाख्रा लिएर आएकी १७ वषर्ीया किशोरीलाई बलात्कार गर्न जंगलतर्फ लगेको । मानिसहरु बोलेकोजस्तो लागेपछि घाँटी थिचेर हत्या ।

घटना नम्बर ३ः ढल्केबरको जंगलमा २०५३ जेठ ६ गते बाख्रा चराउन गएकी ६१ वषर्ीया महिलाको हत्या ।

घटना नम्बर ४ः सोही साल असार ९ गते बर्दिबासको जंगलमा २० वषर्ीया अशक्त महिलाको करणी गर्ने प्रयास । मानिसहरु आउन सक्ने डरले घाँटी थिचेर हत्या ।

घटना नम्बर ५ः असारको अन्त्यतिर शनिबारका दिन बर्दिबास जंगलको बनपाले अफिस नजिकै पात टिप्न गएकी महिलालाई जबरजस्ती समातेर लगेको । ढुंगामा टाउको ठोकाउँदा रगत बगेपछि छाडेर भागेको ।

घटना नम्बर ६ः साउन २०र२१ गतेतिर धनुषाको लालगढ बजारबाट जंगलको बाटो हुँदै च्यानडाँडा तल रहेको सयपत्री खोलामा बाख्रा चराइरहेकी महिलाको बलात्कारपछि हत्या ।

प्रहरीका अनुसार महोत्तरीको बर्दिबास १ मा घरनजिकैको जंगलमा ०५३ साल असार ९ गते गाईबस्तु चराउन गएकी शारीरिक रुपमा असक्त महिला भोलिपल्ट मृत भेटिइन् । बलात्कार पश्चात पछ्यौराले घाँटी बाँधेर हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो । सोही घटनाको अनुसन्धानका क्रममा बूढाथोकीको संलग्नता खुलेको थियो ।

तर, सो घटनापछि फरार रहेका बूढाथोकी २० वर्षपछि प्रहरीको फन्दामा परे । पक्राउ परेका बूढाथोकीले जबरजस्ती करणीका ३२ घटनामा संलग्न रहेको स्वीकार गरेको सिआईबीले जनाएको छ ।

Post a Comment

0 Comments