Subscribe Us

विप्लवलाई एनसेलको १० करोड अफर !

काठमाडौं । निरन्तर विभिन्न जिल्लामा रहेका टावर ध्वस्त बनाउन थालेपनि नेकपा माओवादीलाई मोवाइल कम्पनी एनसेलले १० करोड दिने प्रस्ताव अघि सारेको छ / कर नतिरेपछि नागरिकस्तरबाटै आलोचित भएको एनसेलका टावरमाथि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले निरन्तर प्रहार गर्दै आएको थियो । 

स्रोतका अनुसार विप्लव माओवादीले भने एनसेलसँग ५० करोडको माग गरेको थियो । एनसेलले कर नतिर्नका लागि शक्ति केन्द्रमा रकम बुझाएको थियो । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पार्टीका लागि एनसेलले ५० करोड दिएको तर आफ्नो पार्टीका लागि भने १० करोडमात्र दिने भन्दै विप्लव माओवादीले अझै टावर उडाउने धम्की दिएको स्रोतले बतायो । एनसेलले तिर्नुपर्ने ५० अर्ब करमा हालसम्म राज्यको ढिकुटीमा १० अर्ब पनि बुझाएको छैन । एनसेलमाथि छानविन गर्ने निर्णय भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पनि मोटो रकम दिइएको बताइएको छ । 

एनसेलले लाभकर बिबादलाई प्रष्ट पार्न असार २ गते विभिन्न पत्रपत्रिकामा प्रकाशित बिज्ञप्तिले कर प्रकरणलाई झन् सहज बनाएको छ । एनसेलद्वारा प्रकाशित बिज्ञप्तिले लाभकर टेलियासोनेराले तिर्नु पर्ने उल्लेख गरेको र एनसेल रेनोल्ड होल्डिङ लिमिटेडको मातहतमा रहेको उलेख गरेको छ । तर, विभिन्न मितिमा एनसेलद्वारा प्रकाशित विज्ञप्तिहरुमा एनसेल टेलियासोनेराको एउटा हिस्सा भएको उल्लेख गरेको थियो । तर, एकाएक अहिले आएर एनसेल यो कुरा मान्न तयार छैन । 

कम्पनी रजिष्ट्रारको कार्यालयमा हेर्ने हो भने कम्पनी रेनोल्ड होल्डिङको नाममा दर्ता भएको र त्यसको स्वामित्व टेलियासोनेराले लिएको देखिन्छ । बिगतमा एनसेल रेनोल्ड होल्डिङको माध्यमबाट टेलियासोनेरामा आबद्ध थियो । अहिले भने एक्जिएटामा आवद्ध छ । एनसेलद्वारा प्रकाशित बिज्ञप्तिले नेपालको कानूनलाई ठाडो र नाङ्गो चुनौती दिन खोजेको देखिन्छ । आजका मितिसम्म पनि टेलियासोनेराका विश्वासिलापात्र मिथात ओराल र इन्ग्रिड बोललगायत अन्य धेरै बिदेशीहरु एनसेल मै आबद भई दैनिक कामकारबाही गरिरहेको बुझिएको छ ।

 एनसेलका मानव संसाधन विभागका निर्देशक ओरालको महत्वपूर्ण भूमिका देखिएको छ। । ओरालले यसअघि एनसेलका तत्कालिन कार्यकारी प्रमुख एरिम टाईलानलर, फाइनान्स निर्देशक कारोलिना बुगैअन र टेक्निकल बिभागका उप निर्देशक नेस्रिन सेर्मिनको नेपालमा रहेका सरसामान बिभिन्न माध्यमबाट अन्तराष्ट्रिय बिमानस्थल हुँदै उनीहरुको देशमा पठाउन भूमिका खेलेका थिए । एनसेलद्वारा प्रकाशित बिज्ञप्तिको ३ नम्बर बुँदामा लाभकर तिर्नु नपर्ने र बुँदा नम्बर २ मा रेनोल्ड होल्डिङ लिमिटेडको पुरै सेयर एक्जिएटा इन्भेष्टमेन्टलाई बिक्री भएको भन्ने उल्लेख गरिएको छ । जनप्रहार साप्ताहिकबाट

Post a Comment

0 Comments