Subscribe Us

बिजुलीबजार पुलमा गुण्डामाथी गोली प्रहार, एक गम्भिर घाइते

काठमाडौं, ९ असार । काठमाडौंको बिजुली बजारमा प्रहरीले गुण्डामाथी गोली प्रहार गरेको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । 

नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले जसवन्त राई भन्ने पूर्ण गुरुङमाथी दुई राउण्ड गोली चलाएको हो । गुण्डका नाइके समिरमान बस्नेतको सहयोगी राईको पिँडुलामा गोली लागेको हो । हाल राईको वीर अस्पतालमा उपचार भईरहेको महाशाखा स्रोतले जनाएको छ । 

प्रहरीले राईलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथी रड प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त रड समेत बरामद गरेको छ । राई गुण्डागर्दीका साथै धम्क्याएर पैसा असुल्ने कार्यमा संलग्न थिए ।  

Post a Comment

0 Comments