Subscribe Us

प्रहरीको गोलीले घाइते राई ट्रमा सेन्टरमा

काठमाडौं, ९ असार । केही समय अघि काठमाडौंको बिजुलीबजारमा प्रहरीले ‘गुन्डागर्दी’मा संलग्न जसवन्त राईलाई गोली प्रहार गरेको छ ।

गुन्डागर्दी तथा फिरौती उठाउने कार्यमा संलग्न राईलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथी रड प्रहार गरेपछि जवाफी कारबाही स्वरुप प्रहरीले गोली प्रहार गरेको हो । 

हानगरीय अपराध महाशाखाको टोलीले २१ वर्षे राईलाई दुई राउण्ड गोली प्रहार गरेको हो । राईलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि रड प्रंहार गरेपछि प्रहरीले जवाफी काबाही स्वरुप गोली प्रहार गरेको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।

प्रहरीले हाल राईको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टेकु, कालिमाटी, कलंकी क्षेत्रमा गुण्डागर्दीका साथै फिरौती उठाउने कार्य गर्दै आएका थिए । 

Post a Comment

0 Comments