Subscribe Us

जरिवाना शुल्क बढेपछि चालक अनुशासित

काठमाडौँ । सवारी दुर्घटनाको समस्या चोरी, डकैतीभन्दा भयानक बन्दै गएको छ । ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक गरेको वैशाख र जेठको तथ्याङ्क अनुसार प्रत्येक दुई दिनमा एक जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ ।

Trafic-police-action-2

वैशाख र जेठ २२ गतेसम्म दुई महिनाको अवधिमा एक हजार सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ३३ जनाले ज्यान गुमाएका छन् ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कमा उल्लेख छ । चालकको लापरबाहीका कारण बढी दुर्घटना हुने गरेका छन् ।

करिब ९० प्रतिशत सवारी दुर्घटना चालकको लापरबाहीका कारण भएका छन् । दुर्घटना गराउनेमा कार, मोटरसाइकल र जिपको सङ्ख्या अधिक छ ।महाशाखाका अनुसार वैशाखममा मात्र ५९६ सवारी दुर्घटना भए । तीमध्ये चालकको लापरबाहीका कारण ५६७, तीव्र गतिका कारण दुई, मापसे १९, पैदल यात्रीका कारण तीन र ओभरटेकका कारण चारवटा दुर्घटना भएका छन् ।

त्यस्तै, जेठ २२ गतेसम्ममा ४१६ दुर्घटना भएका छन् । वैशाखको तुलनामा जेठमा सवारी दुर्घटनाको सङ्ख्या बढेको जानकारी ट्राफिक प्रहरीले दिएको हो । जेठमा १५ जनाको मृत्यु भएको छ भने ३०३ जना घाइते भए ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले सवारी दुर्घटना घटेको दाबी गरे पनि महाशाखाको तथ्याङ्कमा दुर्घटना बढेको उल्लेख छ । जरिवाना शुल्क बढाएपछि चालकहरू अनुशासित भएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

Post a Comment

0 Comments