Subscribe Us

केडिया अपहरण घटनामा हवल्दारसहित चार प्रहरी निलम्बित


कलैया, २१ जेठ । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले वीरगन्जका उद्योगपति सुरेश केडियाको अपहरण घटनामा बारा कवही गोठ प्रहरी चौकीका हवल्दारसहित चार जना प्रहरीलाई निलम्बित गरेको छ । 

केडियालाई अपहरण गरी लैजाने क्रममा अपहरणकारीले प्रयोग गरेको जिपलाई कवही गोठ प्रहरीले हातको इसाराले रोक्न खोज्दा सजिलोसँग उम्कन सफल भएको घटनाबारे अनुसन्धानका लागि निलम्बित गरिएको हो । 

निलम्बित हुने प्रहरी हवल्दार तेजबहादुर ढकाल, प्रहरी जवानत्रय प्रमोदकुमार यादव, वुनिल महतो र सुरेन्द्रप्रसाद साह छन् । 

यस अगाडि तेलकुवा सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक हेमराज न्यौपाने, कवही गोठ बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्रशम्शेर कुँवर, सशस्त्र प्रहरी हबल्दार र सशस्त्र प्रहरी जवानसमेतलाई निलम्बित गरिएको थियो । 

सशस्त्र प्रहरी कार्यविभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णकुमार तामाङ, नेपाल प्रहरी कार्यविभागका प्रमुख अतिरिक्त महानिरीक्षक केदार साउदको टोलीले अपहरणको घटनाबारे अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा निलम्बित गरिएको थाहा भएको छ । रासस 

Post a Comment

0 Comments