Subscribe Us

वकिल पनि नक्कली!

काठमाडौं । प्रहरीको केन्द्रिय अनुसन्धान विभाग (सीआइबी)ले डाक्टर, इन्जिनियर र बैंकका सीइओमाथि नक्कली शैक्षिक प्रमाणपत्र भएको अनुसन्धान जारी राखेका बेला वकिल पनि नक्कली भेटिनसक्ने अनुमान गरिएको छ । 

यहि अनुमानका आधारमा सीआइबीको छापा अघि नै नेपाल बार काउन्सिलले नक्कली प्रमाणपत्रधारी वकिलहरुको खोजी थालेको छ । यस्तो भेटिए प्रहरीलाई बुझाउनुपर्ने काउन्सिलको योजना छ । स्रोतका अनुसार काउन्सिलको यो निर्णय सकारात्मक हुनसक्ने बताइपनि गल्ती लुकाउने खेलका रुपमा पनि बुझिएको छ ।

महान्यायाधीवक्ता हरि फुयाँलको अध्यक्षतामा बसेको काउन्सिल बैठकले सवै कानुन व्यावसायीको प्रमाणपत्र झिकाउने निर्णय गरेको थियो । त्यसअघि नै प्रहरीको नजरमा वकिल पनि परेको अनुसन्धान स्रोतले जनाएको छ ।
बार काउन्सिलले सम्पूर्ण कानुन व्यवसायीहरुको एसएलसीदेखिकै प्रमाणपत्र छानबिन गर्न लागेको हो । त्यसका लागि आफ्नो आफ्नो सदस्यको प्रमाणपत्र जम्मा गरी पठाउन बार काउन्सिलले सम्बन्धित ठाउँहरुमा पत्राचार गर्न थालेको छ । सवै बार इकाइबाट देशभर पत्रातारको तयारी भएको बताइएको छ । 

नेपालभर २ हजार बढि वरिष्ठ अधिवक्ता र १५ हजार अधिवक्ता रहेका छन् । १७ हजार वकिलका पनि प्रमाणपत्र छानविनको दायरामा आउने भएको छ । प्रहरी स्रोतका अनुसार काउन्सिलले जे गरेपनि नक्कली प्रमाणपत्रधारी कुनै पनि निकायलाई नछाड्ने तयारी भएको छ । अहिले नक्कली प्रमाणपत्रधारी कारवाहीको थालनी भएपछि इन्जिनियर, पाइलटहरुले पनि धमाधम जागिर छाड्न थालिसकेका छन् ।

Post a Comment

0 Comments