Subscribe Us

डेढ हजारको डफ्फा प्रचण्डलाई निल्नु न ओकल्नु

prachhandaको लागि तस्बिर परिणामकाठमाडौं । एक त पार्टी एकीकरण नगरी नहुने बाध्यता, अर्को गरेपछि बनेको केन्द्रिय समितिको संख्याको भारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि निल्नु न ओकल्नु भएको छ । 

वैशाखमै सरकार परिवर्तनका पक्षमा उभिएका प्रचण्डलाई जेठमा भएको एकतापछि पार्टी सम्
हाल्नै मुस्किल भइरहेको छ । 

सानोभन्दा सानो केन्द्रिय समिति बनाउनुपर्ने भन्दाभन्दै १५ सयको डफ्फा तयार भएपछि प्रचण्ड कठिन मोडबाट गुज्रिरहेका छन् । 

उनले सवैको चित्त बुझाउनका लागि केन्द्रिय समितिलाई महाधिवेशन आयोजक समितिको उपमा दिएपछि बाहिरी आवरणको सन्तुष्टि त होला तर यथार्थले भित्रभित्रै पोलिरहेको छ, उनलाई । उनी अहिले त्यसलाई कसरी मिलाउने भन्ने विषयमा चिन्तित छन् ।

 माओवादीभित्र पद नपाए प्रचण्डको विकल्पमा नेत्रविक्रम चन्द विप्लव र नयाँ शक्तिमा केन्द्रिय सदस्य भइहाल्ने लोभममा उनलाई चेतावनीपूर्ण धम्की आउँदा केन्द्रिय समिति डेढ हजारको बनाउन बाध्य हुनुपरेको हो


अष्ट्रेलियामा परेको उजुरी त्यहाँको आयोजित कार्यक्रममा जान नपाउँदाको पीडा त छँदै छ त्यहीबेला पार्टीको १५ सय सदस्यीय केन्द्रीय समिति मिलाउनै मुस्किल भइरहेको छ । प्रचण्ड निकट स्रोत भन्छ, ‘१५ सय जनाको केन्द्रीय समितिको विषयले अध्यक्ष प्रचण्डजीको पनि टाउको दुखेको छ, बाहिरी र भित्रको आलोचना खेपेर उहाँ हैरान हुनुहुन्छ ।’

एकीकरणपछि कार्यकर्ताले लाजिम्पाट दरबारमा प्रचण्डसँगको भेटमा धम्कीपूर्ण शैली पनि प्रयोग गर्दा रहेछन् । ‘मलाई केन्द्रिय समितिमा राख्नुप¥यो होइन भने पार्टी छाड्छु’ भन्दै कार्यकर्ता प्रचण्डलाई चेतावनीपूर्ण कुरा राख्छन् । माओवादीभित्र पद नपाए प्रचण्डको विकल्पमा नेत्रविक्रम चन्द विप्लव र नयाँ शक्तिमा केन्द्रिय सदस्य भइहाल्ने लोभममा उनलाई चेतावनीपूर्ण धम्की आउँदा केन्द्रिय समिति डेढ हजारको बनाउन बाध्य हुनुपरेको हो ।
संगठन समायोजन समितिका संयोजक वर्षमान पुनको सिफारिसमा केन्द्रीय सदस्य बन्न पाउने भएपछि प्रचण्डलाई भन्दा नभए वर्षमानलाई फकाएर भए पनि केन्द्रीय समिति सदस्य बन्नेको लहर नै लागेको छ । ‘यो १५ सय भन्दा बढीको केन्द्रीय समिति नबनोस् भन्ने हाम्रो चाहना हो, अब बन्दैन कि भन्ने लाग्छ’ प्रचण्ड निकट स्रोतले भन्यो । जम्बो केन्द्रिय समितिको उपचार खोज्नका लागि अहिले प्रचण्डले पार्टी महाधिवेशनलाई अघि सार्ने योजना बनाएका छन् । 

प्रचण्डले सोमबार जनकपुरमा आयोजित कार्यक्रममा पार्टीको महाधिवेशन मिति अघि सार्ने उद्घोष गरे । यसअघि माघमा हुने भनिएको पार्टीको महाधिवेशन मंसिरमा गर्ने तयारी अघि बढेको प्रचण्डले बताए । ‘मंसिरमा हुने स्थानीय निकायको निर्वाचन अगाडि नै हामी पार्टीको महाधिवेशन गर्ने तयारीमा लागि परेका छौँ’ उनले भने, ‘मंसिरको अन्तिम या ढिलोको पुसको पहिलो सातासम्ममा हामी पार्टीको महाधिवेशन गर्छौ । त्यसका लागि कार्ययोजना अघि बढिसकेको छ ।’ 

पार्टीको जम्बो केन्द्रीय समितिलाई जति सक्दो चाँडो मिलाउन आफूहरु लागि परेको भन्दै प्रचण्डले महाधिवेशनबाट १ सय ५१ सदस्यीय केन्द्रीय समिति बन्ने बताए । ‘भदौ महिनासम्म देशभर सदस्यता विस्तारको काम सकाउने कार्यतालिका बनाएका छौं । त्यसैगरी असोजबाट वडा, गाउँ नगरपालिकाको सम्मेलन सकाउने र कात्तिकमा सबै जिल्लाको सम्मेलन सकाउने पार्टीको तयारी छ ।’ उनले भने । मंसिर १५ गतेसम्म सातवटै प्रदेशको सम्मेलन सकाउने र मंसिर अन्तिम साता महाधिवेशन गर्ने उनले बताए ।  आइतबार बसेको पार्टीको कार्यालय समितिको बैठकमा नेता वर्षमान पुनले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्ने प्रस्तावसहितको प्रतिवेदन पेश गरेका थिए । त्यसलाई आगामी १५ असारमा बस्ने बैठकबाट अनुमोदन गर्ने माओवादीको तयारी छ ।

Post a Comment

0 Comments