Subscribe Us

नक्कली खेलाडीलाई विदेश पठाउने धन्दामा संलग्न तेक्वान्दो महासंघका उपाध्यक्ष प्रहरीको नियन्त्रणमा

काठमाडौं, २७ जेठ । नक्कली खेलाडी बनाएर विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागी बनाउने र उनीहरुबाट पैसा असुल्ने धन्दामा संलग्न अन्तर्राष्ट्रिय तेक्वान्दो फेडरेसन नेपालका उपाध्यक्ष चेतनराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अपराध महाशाखाको टोलीले गिरीलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको छ । म्याग्दीका टेक प्रसाद लामगाडे र दिपक सुनारलाई  तेक्वान्दो फेडरेशनको नक्कली कार्ड बनाएर कोरीया पठाईदिने भन्दै १ लाख र २ लाख ६० हजार लिएको उजुरीका आधारमा प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको हो ।

न्युजिल्याण्ड, ईंग्ल्याण्ड, चिन र क्यानडमा भएको तेक्वान्दो विश्वकपमा समेतमा रेफ्री बनेका गिरीलाई ठगी मुद्दा अन्तर्गत कारवाहीको प्रकृया अघि बढाईएको महाशाखाले जनाएको छ । 

Post a Comment

0 Comments