Subscribe Us

चुनावपछि मात्र नयाँ सरकार : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०७४ मा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि मात्रै सरकार परिवर्तन हुने बताएका छन् ।

सत्ता साझेदार प्रमुख घटक नेकपा (माओवादी केन्द्र)बाटै सरकार परिवर्तनको बहस सुरु भइरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो ।

kp oli

नेपाल अडिटर्स एसोसिएसन (अडान) को चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले भने, ‘अहिले सरकार परिवर्तनको हल्ला फिँजाइएको छ, २०७४ साल मङ्सिरभित्र प्रतिनिधिसभाको निर्वाचन गराउछुँ त्यसको परिणाम के हुन्छ, कसको सरकार हुन्छ, त्यसपछि थाहा हुन्छ, अहिले सरकार हट्छ भन्ने चिन्ता नलिनुस् ।’

प्रधानमन्त्री ओलीले देश बनाउन र देशको गौरव, प्रतिष्ठालाई बढाउन अहिलेको सरकार आवश्यक भएको जिकिर गर्दै सरकार नीति तथा कार्यक्रम र बजेटमार्फत देश विकास गर्न दृढताका साथ अघि बढेको उल्लेख गरे ।

प्रधानमन्त्रीले अबको केही समयपछि काठमाडौँ–पोखरा रेल सञ्चालन गरिने र त्यसका लागि तत्कालै कार्यक्रम सुरु गरिने बताएका छन् । आजको अन्नपूर्ण पोष्ट दैसिनकमा खबर छ ।

Post a Comment

0 Comments