Subscribe Us

मापसे कारवाही बाटोमै हजार !

काठमाडौं । साँझ परेसँगै राजधानीका सडक गल्लीकोे चोक र कुना काप्चामा ट्राफिक प्रहरी तैनाथ हुन थाल्छन्। शुक्रवार र शनिवार अरु दिनको तुलनामा अलि बढी स्थानमा चेकजाँच हुने गर्छ । 

पछिल्लो चार बर्ष यता ट्राफिक प्रहरीले मादक पर्दाथ सेवन गर्ने सवारीबिरुद्ध बिशेष अप्रेशनको साथै कडा नियम लागू गरेको छ । मापसे गरेर सवारी चलाएको भेटिएमा ठूलै सोर्सफोर्स लगाए पनि कारवाहीको दायरबाट कोही नबच्ने चर्चा प्रहरी भित्रै छ । 

प्रहरीका बरिष्ठ तहका अधिकारी समेत मापसे कारवाहीमा परेको समाचार बेला बेलामा सार्वजनिक हुँदै आएको छ । मापसे कारवाहीमा एक हजार जरिवानाका साथै एक घण्टा क्लास र लाईसेन्स समेत प्वाल पार्ने भएपछि पछिल्लो समय सबै किसिमका सवारी साधानका चालक सचेत हुँदै आएका छन् । पाँच पटक लाईसेन्स प्वाल परेको खण्डमा चालकको लाईसेन्स नै रद्द हुने हुँदा लाईसेन्स जोगाउन चालकले अनेक उपाय अपनाउछन् भने ड्युटीमा खटिएका ट्राफिक प्रहरीले त्यसको फाईदा लिन थालेको रहस्य खुलासा भएको छ । 

लाईसेन्स प्वाल पनि परेन, एक घण्टा क्लास लिनु पनि पर्दैन ‘अन द स्पोट’ हजार दिनु जानु, त्यस पछिको जिम्मा हामीलाई हुँदैन । 

जनप्रहारलाई प्राप्त सुचना अनुसार गत शनिवार पेप्सीकोलामा दुई प्याक लगाएर कोटेश्वर हुँदै पुरानो बानेश्वर हुँईकिएका नवराज भण्डारी जडिबुटि चोकबाट कोटेश्वर मोडिनी बित्तिकै ट्राफिक प्रहरीको चेकिङमा परे । मापसे गरेका भण्डारीले त्यहाँबाट उम्कन अनेक उपाय गरे तर सफल भएनन् । 

उनले सुटुक्क चेकिङमा खटिएका ट्राफिक प्रहरीलाई एक हजारको नोट थमाए । पहिला हुँदैन भनेका ट्राफिक प्रहरीले पछि नोट खल्तिमा घुसार्दै तपाईलाई त फाईदा भो, लाईसेन्स प्वाल पनि परेन, क्लास लिनु पनि परेन भन्दै यसपछिको जिम्मा हामी लिदैनौ भन्दै भगाए । त्यहाँबाट उम्मेका भण्डारी पुरानो बानेश्वरमा पुगेर आफ्नो मित्रलाई यो कुरा सुनाएपछि ट्राफिक प्रहरीको कडा मापसे कारवाही उदाङगिएको हो ।

स्रोतका अनुसार पछिल्लो समय ड्युटीमा खटिएका ट्राफिक प्रहरीको यो राम्रो कमाई गर्ने माध्यम बनेको छ । पहिला पहिला एक सयमा मिल्ने कुरा एक हजारमा पुगेपछि मापसे चेकिङ गर्ने ट्राफिक प्रहरी रमाउने गरेको जानकारहरु बताउँछन् । स्रोतका अनुसार भावी आईजीपीका दाबेदार डिआईजी अर्यालले हाकिम र नेता खुशी पार्न मापसे कारवाहीमा परेका लाईसेन्स धरी सुटुक्क घर घरमै पु¥याउने गरेका छन् । गत शनिवार ट्राफिक प्रहरीले असुलेको एक हजारको बारेमा प्रहरी माहानिरक्षक उपेन्द्रकान्त अर्याललाई समेत जानकारी भईसकेको छ ।

Post a Comment

0 Comments