Subscribe Us

पूर्वलडाकु लागुऔषध कारोबारीमा संलग्न खैरो हेरोइनसहित तीन पक्राउ

काठमाडौं, २३ जेठ । पूर्व माओवादी लडाकु लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

लागु औषधसहित पक्राउ पर्नेमा रुकुम चुनुवाङका जगत पुन, रोल्पा कोटगाउँका अक्तबहादुर घर्तीमगर र रोल्पा गैरीगाउँका प्रवेश डिसी रहेको महानगरीय प्रहरी बृत बालाजुका डिएसपी संजिव शर्माले बताए ।

शर्माका अनुसार उनीहरुको साथबाट ६८ ग्राम ब्राउन सुगर अर्थात खैरो हेरोइन समेत बरामद भएको छ ।

माछापोखरीमा शंकास्पद तरिकाले हिंडिरहेका जगत पुनसहितका युवाहरुलाई सोधपुछ गर्दा स्पष्ट नबोलेको र भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उनीहरुको शरिर खानतलासी गर्दा खैरो हेरोइन भेटिएको शर्माको भनाई छ । 

Post a Comment

0 Comments