Subscribe Us

बालिका बलात्कार गर्ने पुजारी प्रहरी फन्दामा

पर्सा । नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले ७२ वर्षीय पुजारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पर्साको जगरनाथपुर गाविसमा रहेको हनुमान मन्दिरका पुजारी रामदेव दासमाथी १४ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ ।

मन्दिरमा भात पकाउने काम गर्दै आएकी ति नाबालिकालाई विभिन्न प्रलोभनमा पारी पुजारीले बलात्कार गरेको र उनका अभिभावकले दिएको उजुरीका आधारमा रामदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जनाए । पुजारी दासले बालिकालाई लामो समयदेखि यौंन शोषण गर्दैआएको र जसको कारण यौन ति बालिका गर्भवती समेत भएको स्वास्थ्य परीक्षणबाट खुलेको उपरीक्षक श्रेष्ठले बताए ।

बालिकाको स्वास्थ्य परीक्षण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गराइएको र परीक्षण रिपोर्ट आएपछि थप जानकारी दिन सकिने उपरीक्षक श्रेष्ठले जनाए । अभिभावकले उजुरी दर्ता गराएपछि पुजारी दास लुक्दै आएकामा उनलाई दुई दिन अगाडि जगरनाथपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बीस किलो चरेस पक्राउ

वीरगन्जको नयाँ बसपार्कबाट प्रहरीले आज २० किलो प्रतिबन्धित लागुऔषध चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरबाट भित्र्याइएको चरेस घ्युको ग्यालेनमा लुकाइ भारततर्फ लैजाने क्रममा प्रहरीले तीन जना युवकसहित उक्त परिमाणको लागुऔषध नियन्त्रणमा लिएको हो ।

पक्राउपर्नेमा वीरगन्ज उपमहानगरपालिका– २ छपकैया निवासी जावेद आलम, वडा नं ३ निवासी राजा अन्सारी र मकवानपुर हेटाँैडा– ८ निवासी सुमन लामा रहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

मकवानपुरबाट खरिद गरिएको चरेस रक्सौलतर्फ लैजान लागेको पूर्व सूचनाका आधारमा तीनै जनालाई पक्राउ गरिएको उपरीक्षक श्रेष्ठले बताए । 

Post a Comment

0 Comments