Subscribe Us

ओलीको गुप्त चाल, देउवा र प्रचण्डको बेहाल, धारा ७६ को खतरा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई पदबाट हटाउन भयानक अभियान भित्रभित्रै चलिरहेको छ । टिक्नका लागि ओलीले पनि यावत अस्त्र चलाउने तयारी गरिरहेका छन् । ओलीले संसदीय राजनीतिमा चलाउन मिल्ने भएभरका गोटीचाल गरिरहेका छन् ।

kp-prachanda-deuba1

सत्ताको चेसमा चलिरहेको यो गोटीचालमा ओली पराजीत हुने अवस्था आयो भने उनले यस्तो गोटी पनि चाल्न सक्छन्, जसले सम्पूर्ण नेपाली राजनीतिकलाई अर्कै बाटोमा लैजान सक्छ । अहिले प्रधानमन्त्री ओली सरकारमा मात्र होइन, सत्तामै छन् । राष्ट्रपति विद्यादेवी भण्डारी उनका दाहिना छन् ।

ओली सरकार गिर्न लाग्यो भने राष्ट्रपति भण्डारीले संविधानले दिएसम्म र मिलेसम्म भरथेग गर्ने अपेक्षा गरिएको छ । ओली सररकालाई माओवादी केन्द्रले समर्थन फिर्ता लिन सक्छ । त्यस्तो अवस्थामा राष्ट्रपतिले नयाँ सरकार गठनका लागि सीधै आव्हान गरिन् भने के हुनछ ? तर, विद्याले त्यसो नगर्ने निश्चित छ ।

प्रधानमन्त्री निकटहरुले दावी गरे अनुसार, सरकार गिर्ने अवस्था आउने नै छैन । किनभने प्रचण्डले सरकार गिराए भने उनी प्रधानमन्त्री बन्ने छैनन्, एमालेले कांग्रेसका शेरबहादुर देउवालाई समर्थन गरिदिने छ । यो गोटी चाल गरेर ओलीले प्रचण्डलार्य नियन्त्रण गरेको बुझिन्छ । यति हुँदाहुँदै पनि प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने भए भने अर्को खेल हुनेछ माओवादी भित्र ।

जानकारहरुका अनुसार माओवादी नेतृत्व पंक्तिमा प्रचण्ड विकल्परहित छन् तर यो सरकार गिराउने मामिलामा भने उनी अल्पमतमा पर्न सक्छन् । बजेट आउनुअघि सरकार गिराउने प्रचण्डको प्रयासमा उनकै मन्त्रीहरुले साथ दिएनन् । त्यसबाहेक स्थायी समितिका सदस्यहरुले पनि ओलीलाई साथ दिएनन् । लाचार भएर प्रचण्डले देउवालाई भनेका थिए– मैले प्रयास गरेको हो तर पार्टीभित्र मिलाउन सकिन । साँघु साप्ताहिकमा खबर छ ।

Post a Comment

0 Comments