Subscribe Us

‘तानाशाह’ खोज्दै ठूला दल

काठमाडौं । लामो संक्रमण, राजनीतिक अनिश्चितता र त्यसको प्रत्यक्ष प्रभाव विकासमा परेको पृष्ठभूमिमा महत्वपूर्ण पार्टीहरुबीचको छलफलमा परोपकारी तानाशाह (वेनेभोलेन्ट डिक्टेटर) को विकल्प प्रस्तुत हुन थालेको छ ।

Prachanda-kp-oli

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग आइतबार भेटेलगत्तै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्ने क्रममा त्यस्तो धारण व्यक्त गरेपछि सर्वोच्च राजनीतिक तहमा समेत त्यसबारे छलफल हुन थालेको संकेत देखिएको हो ।

प्रचण्ड व्यक्तिगत रुपमा यसको पक्षधर नभए पनि सिंगापुर र मलेसियाको विकास मोडेलबाट प्रभावित नेपालका राजनीतिक दलभित्र आर्थिक विकास र समृद्विका लागि तानाशाहको खोजी हुन थालेको रुपमा प्रचण्डको अभिव्यक्तिलाई अथ्र्याइएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Post a Comment

0 Comments