Subscribe Us

पेट्रोलियम पाइपलाइन अघि बढाउन भारतीय टोली नेपालमा

काठमाडौं । दुई देशबीच चर्चामा रहेको पेट्रोलियम पाइपलाइन विस्तारको काम अगाडि बढाउन भारतीय प्रतिनिधि नेपालमा आएका छन् । लामो समयदेखि रोकिएको पाइपलाइन निर्माणको कामलाई सुचारु गर्नका लागि भारतीय प्रतिनिधि नेपालमा आएका हुन् ।

पाइपलाइन विस्तारको कामलाई तत्काल अगाडिबढाउनका लागि इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिहरु नेपाल आएर सम्बन्धित निकायबीच छलफल गरेका छन् ।
petrol-distribution-
आईओसी प्रतिनिधिले पाइपलाइन निर्माणको काम विस्तारमा सहयोग गर्न नेपाली प्रतिनिधिलाई आग्रह गरेको छ । पेट्रोलियम पदार्थको आफूर्ति व्यवस्था सहज बनाउन भारतले रक्सौलदेखि अमलेखगञ्जसम्म पाइपलाइन विस्तार गर्ने भनेपछि सो कार्य अगाडि बढाउन लागिएको हो ।

आईओसी र नेपाली प्रतिनिधिबीच बिहीबार भएको छलफलका क्रममा पाइपलाइन विस्तारको काम अगाडि बढाउन भारत तयार भएको आईओसी प्रतिनिधिले बताएका छन् । आजकोराजधानी दैनिकमा समाचार छ ।

Post a Comment

0 Comments