Subscribe Us

सेनामा आर्थिक वेथिति,
डुबेका बैंकमा कल्याणकारी रकम

काठमाडौं । डुवेका बैंक र वित्तिय संस्थाहरुमा नेपाली सेनाको कल्याणकारी कोषमा रहेको रकम राखिएको खुलासा भएको छ । व्याजदरको प्रलोभनमा सेनाका उच्च अधिकारीलाई कमिशन पु¥याएको भरमा राष्ट्रबैंकले कारवाहीको दायरामा ल्याएका, आर्थिक भार खेप्न नसकी बन्द भएका बैंकहरुमा सेनाको रकम डुबेको बताइएको छ । 

नेपाल विकास बैंकमा सेनाको ३० करोडभन्दा बढि रकम डुबेको थियो । आर्थिक भार र कारोबार राम्रो गर्न नसक्दा उक्त बैंक डुवेको थियो । त्यस्तै पहुँचका आधारमा केही फाइनान्स र सहकारीहरुमा पनि सेनाको कल्याणकारी कोषको रकम राखिएको सैनिक स्रोतले जनाएको छ । ‘सीमित व्यक्तिको अधिनमा रहेको कोषको रकम विभिन्न वित्तिय संस्थामा डुविरहेको छ, राम्रो व्याजदरको प्रलोभनमा कमिशन लिएर त्यस्ता फाइनान्स र सहकारीमा पनि कल्याणकारी कोषको रकम राखिएको छ’, स्रोतले भन्यो ।
विभिन्न प्रकरणमा विवादमा आउन थालेको नेपाली सेनाको कल्याणकारी कोषमा प्रधानसेनापति र उनका आसेपासेको मनोपोली चल्ने गरेको छ । 

झण्डै ३० अर्ब रुपैंयाभन्दा ज्यादा रहेको उक्त कोषको सदुपयोग गरी सैनिक परिवार र नागरिक सेवाका लागि लगानीका काम गर्नुपर्ने भएपनि केही योजना देखाएर कोषको रकममा हाकिमहरूले रजगज एकातिर भइरहेको छ भने अर्कातिर कारोबारमा डुवेका बैंकहरुमा छरिएर रहेका रकमहरु पनि डुविरहेको छ । ‘नियमन, निरिक्षण गर्ने निकाय नहुँदा कागजमा आएको एउटा योजना र रकमको जानकारी हुन्छ, उता रकम डुविरहेको छ’, स्रोतले भन्यो,‘सरकार र सार्वजनिक लेखा समितिले किन सोधिरहेको छैन ? त्यस्तो कानुन किन बनिरहेको छैन ?’

लोकतान्त्रिक गणतन्त्र आएपछि कल्याणकारी कोषमा एकछत्र प्रधानसेनापतिको हुकुमी प्रवित्ति हावी हुन थालेका छन् । रुक्माङ्गत कट्वाल, छत्रमानसिंह गुरुङ, गौरव शम्शेर राणा र अहिलेका राजेन्द्र क्षेत्रीसम्मले यो प्रवित्तिलाई त्यागेका छैनन् । अहिले सम्म कोषका नाममा दुई अर्ब ४४ करोड ६७ लाख पाँच हजार गरी कोषको कूल सम्पत्ति २९ अर्ब ३२ करोड ९४ लाख ५ हजार पुगेको देखाइएको छ । सैनिक ऐन २०६३ तथा सैनिक कल्याणकारी कोष नियमावली २०६५ अन्तर्गत कोष सञ्चालित छ । प्रधानसेनापतिको अध्यक्षतामा सात सदस्यीय कल्याणकारी कोष तथा सञ्चालन तथा व्यवस्थापन समिति रहने व्यवस्था हुन्छ ।

Post a Comment

0 Comments