Subscribe Us

केडिया अपहरणमा संलग्न अभियुक्त सार्वजनिक

बारा, २६ जेठ । नेपाल प्रहरीले उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको छ । 

गढीमाई नगरपालिका बरियारपुर २ का नेपाल विधार्थी संघका केन्द्रीय सदस्य वीरेन्द्र यादव, बरियारपुरका पुष्कर कुमार चौधुर, कवहीका चन्चल पाण्डे, जियालाल यादव र इनरुवाका जियालाल यादवलाई सार्वजनिक पत्रकारसम्मेलन गरेर सार्वजनिक गरेको हो 

भारत बिहारका मोतिहार जेलमा रहेका कुख्यात अपराधी बब्लु दु्बेसँग उद्योगी केडियालाई अपहरण गर्ने योजना बनाएको र अन्यसँग सहयोग लिएको प्रहरीले जनाएको छ । केडियालाई अपहरण चन्चल पाण्डेले बनाएको योजनामा वीरेन्द्र यादव, पुष्कर चौधुरलगायतले साथ दिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । 

पाण्डे र दुबेले केडियालाई अपहरण गर्ने योजना बनाएपछि दुबेले अर्का भारतीय अपराधिक समुहलाई केडियाको अपहरणको जिम्मा दिएका थिए । उद्योगी केडिया व्यापारिक कामको लागि बरियापुरमा रहेको परमात्मा साहसँग भेटन हप्तामा दुई तीन पटक अवत जावत गर्ने गरेका चन्चल पाण्डेलाई पहिला देखि नै थाहा थियो ।

केडियालाई अपहरण गर्नु भन्दा एक दिन पहिला जेठ १२ गते पक्राउ परेका पाण्डेलाई केडिया बरियारपुर आउने थाहा भएपछि पाण्डेले नेपाली र भारतीय अपधारीहरुसँग नेपाल भारतको सीमानामा पर्ने चनरम गाउँको आफ्नो मामाको घरमा भेला गराएका समेत खुल्न आएको प्रहरीले जनाएको छ ।

भारतीय अपराधी केडियालाई चिनेपछि केडिया वीरगन्ज फर्कने बाटोमा पर्ने पसाह खोलाको पुल नजिक आएर बसेको र पछि केडिया आफ्नो गाडीमा आउँदा उनको गाडीलाई रोक्न लगाएर चालक माथि गोली प्रहार गरी केडियाको अपहरण गरिएको डिआजीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

पत्रकार सम्मेलनमा पक्राउ परेका नेपाली पक्षको बारेमा जानकरी गराइएपनि भारतीय अपराधीको बरेमा केही जानकारी गराइएनन् । 

Post a Comment

0 Comments