Subscribe Us

मानव तस्करीको आरोपमा ७५ वर्षका वृद्व पक्राउ

काठमाडौं, १४ असार । ७५ वर्षका वृद्ववृद्वाहरु के गर्छन होला ? जो कोहिको पनि जवाफ आउन सक्छ सकेसम्म नाती नातीना खेलाएर बस्छन ।

परिवारका सदस्यले पकाएर दिएको मिठो मसिनो खान्छ, आराम गर्छन । त्यसमा पनि अझ पूर्व कर्मचारी हो भने त्यो सम्मान उच्च पनि हुनसक्छ । छरछिमेकी आउने गफगाफ गर्ने यस्तै यस्तै । 

तर एक पूर्व जिल्ला शिक्षा अधिकारी यस्ता भेटिए जो ७५ वर्षको उमेरमा मानव तस्करको अभियोगमा पक्राउ परे । विभिन्न जिल्लामा शिक्षा कार्यालयको जिम्मेवारी समाली सकेका सिन्धुपाल्चोक जिल्ला सानो सिरुवारीका पूण्यप्रसाद दंगाललाई काठमाडौंको मण्डिखाटारबाट ठगीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

दंगालले जापान, क्यानडा र अमेरिका पठाइदिने पैसा असुलेका हुन् । ‘दंगालले भूकम्प पीडित जिल्लाका युवा–युवतीलाई प्रतिव्यक्ति दुई लाख ५० हजार रुपैयाँका दरले पैसा लिएको उजुरीका आधारमा पक्राउ गरेका छौं ।’ 

महानगरिय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी विक्रम सिंह थापाले भने ‘अहिले सम्म ९-१० जनाले उजुरी दिएका छन, दंगालमाथी अनुसन्धान भईरहेको छ ।’ उनलाई छानविन पछि प्रहरीले आवश्यक कारबाही गर्ने थापाको भनाई छ । उनीमाथी लागेको आरोप सत्य ठहरीएमा पाउदै आएको पेन्सन रोकिने छ । 

Post a Comment

0 Comments